२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलंकामाथि दक्षिण अफ्रिका ६ विकेटले विजयी

२२ जेष्ठ २०८१, मंगलवार ०२:५०

जेठ २२, काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले श्री लंकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्री लंकालाई ६ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको केवल ७८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले  १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्री लंकाले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो । श्रीलंकाका लागि कुसल मेन्डिसले सर्बाधिक १९ रन बनाए भने एन्जोलो म्याथ्युजले १६ र कामिन्दु मेन्डिसले ११ रन बनाएका थिए ।

श्रीलंकाले टी-२० विश्वकपमा बनाएको यो अहिलेसम्मको सबैभन्दा कम रन हो ।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर एनरीच नोकियाले सर्बाधिक ४ विकेट लिएका थिए । उनले ४ ओभरमा केवल ७ रन दिएर ४ विकेट लिएका थिए ।

समुह डी मा रहेको दक्षिण अफ्रिकाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

अब दक्षिण अफ्रिकाले अर्को खेल जुन ८ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने सोहि दिन श्रीलंकाले बंगलादेशको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ