२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप छनौटमा नेपालको अर्को हार, युएईविरुद्ध ४-० ले पराजित

२५ जेष्ठ २०८१, शुक्रबार ०२:४१

जेठ २५, काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अर्को हार बेहोरेको छ ।

विहिबार राति साउदी अरबसम्म सम्पन्न युएईविरुद्धको खेलमा नेपाल ४-० ले परजित भएको छ ।

पहिलो हाफमा २ गोल गरेको युएईले दोस्रो हाफमा पनि २ गोल गरेको थियो । युएइका लागि हरिब अब्दल्ला सुहेलले २ गोल गरेका थिए भने अलि सालेह र हजेम मोहमदले एक एक गोल गरेका थिए ।

नेपालले विश्वकपको छनौट अन्तर्गत युएईविरुद्धको पहिलो लिगमा पनि ४-० ले नै हार बेहोरेको थियो । 

यो हारसंगै नेपालले यस पटकको विश्वकप छनौटमा लगातार पाँचौं हार बेहोरेको छ । अब नेपालले अर्को खेल यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ ।

घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि 'न्युट्रल भेन्यू' को रुपमा साउदी अरबमा खेलेको हो ।

एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ