२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकप: न्युजील्याण्डमाथि अफगानिस्तानको शानदार जित

२६ जेष्ठ २०८१, शनिबार ०३:१७

जेठ २६, काठमाडौँ । अफगानिस्तानले जारी टी-२० विश्वकपमा न्यूजील्याण्डलाई हराएको छ ।

शनिबार बिहानसम्पन्न खेलमा अफगानिस्तानले न्यूजील्याण्डलाई ८४ रनको फराकिलो अन्तरले परजित गरेको हो । अस्गानिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको न्यूजील्याण्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भएको थियो ।

न्यूजील्याण्डका लागि ग्लेन फिलिपले १८ र माट हेनरीले १२ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फाजलहक फारुकीले ४-४ विकेट लिएका थिए भने मोहमद नावीले २ विकेट लिएका छन् ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ८० रन बनाए भने इब्राहिम जर्दानले ४४ र अजमातुल्लाह ओमरजाईले २२ रन बनाएका थिए ।

यो अफगानिस्तानको न्यूजील्याण्डविरुद्ध टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्मकै पहिलो खेल हो । समुह सी मा रहेको  अफगानिस्तानले लगातार दोस्रो जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा अफगानिस्तानले युगाण्डालाई पराजित गरेको थियो ।

अब न्यूजील्याण्डले अर्को खेल जुन १३ मा वेस्ट इन्डिजसँग खेल्ने छ भने अफगानिस्तानले जुन १४ मा पिएनजीबिरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ