"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप टि-२० क्रिकेट: सबैभन्दा कम रन बनाउने रेकर्डमा युगाण्डाको नाम पनि जोडियो

२०८१, २७ जेष्ठ आईतवार ०३:२७

जेठ २७, काठमाडौँ । विश्वकप क्रिकेटमा युगाण्डाले सबैभन्दा कम रन बनाएर २०१४ मा नेदरल्याण्डले बनाएको रनको सबैभन्दा कम रनको रेकर्डमा बराबरी गरेको छ । यस अघि विश्वकप टि-२० इतिहासमा २०१४ मा नेदरल्याण्डले श्रीलंका बिरुद्धको खेलमा ३९ रन मात्र बनाएर सबैभन्दा कम रनको इतिहास बनाएको थियो । आजको खेलमा युगान्डाले वेस्ट इन्डिज बिरुद्धको खेलमा सोहि स्कोरलाई छुँदै सबैभन्दा कम रनको इतिहासलाई बराबरी गरेको हो ।

आइतबार भएको खेलमा वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै युगान्डालाई १७४ रनको लक्ष्य दिएको थियो । प्रोभिडेन्स स्टेडियम, गुयानामा टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओवरमा ४ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सर्वाधिक ४४ रन बनाए । उनले ४२ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४४ रन बनाएका हुन् । अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले नटआउट १७ बलमा ६ चौकाको मद्दतमा ३० रन बनाए।

कप्तान रोभम्यान पावेलले २३ रन, निकोलास पुरन र शेर्फेन रदरफोर्डले समान २२-२२ रन बनाए।

वेस्ट इन्डिजविरुद्ध युगान्डाका ब्रायन मसाबाले २ विकेट लिए भने अल्पेश रामजानी, कसमस किवाटा, दिनेश नक्रानीले समान १-१  विकेट लिएका हुन् । 

खेलमा वेस्ट इन्डिजले दिएको लक्ष्यलाई भेट्न ब्याटिङमा उत्रिएको युगाण्डाले १२ ओभरको खेलमा अल आउट हुन पुग्यो । युगान्डाको लागि जुम मियागीले नट आउट रहि सबैभन्दा बढी १३ रन बनाउन सफल भए । बाँकी कसैले पनि दोहोरो अंकको रन जोड्न सकेनन् । 

समूह ‘सी’मा वेस्ट इन्डिज, युगान्डा, अफगानिस्तान, पपुवा न्युगिनी (पिएनजी) र न्युजिल्यान्ड छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना