२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकपमा आज दुई खेल हुदै

२०८१, ३१ जेष्ठ बिहीबार ०२:४५

जेठ ३१, काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् ।

आज समुह सी अन्तर्गत वेस्ट इन्डिज र न्यूजील्याण्ड खेल्दै छन् । ट्रीनीडाडको ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार विहान ६; १५ बजेदेखि शरू हुने छ ।

वेस्ट इन्डिजले जारी विश्वकपका आफ्ना शुरुका दुवै खेलमा जित हासिल गरेर ४ अंक बटुलेको छ । वेस्ट इन्डिजले युगाण्डा र पिएनजीलाई पराजित गरेको थियो । त्यस्तै न्यूजील्याण्डले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेर खराब शुरुवात गरेको छ ।

वेस्ट इन्डिज र न्यूजील्याण्डबीच अहिलेसम्म कुल १९ टी-२० खेल भएका छन्, जसमा न्यूजील्याण्डले ११ खेल जितेको छ भने वेस्ट इन्डिजले ६ खेल जितेको छ । त्यस्तै २ खेल बिना नतिजा सकिएका छन् ।

त्यस्तै आज अर्को खेल समुह डी अन्तर्गत बंगलादेश र नेदरल्याण्डसबीच हुदै छ । सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । यस अघि दुवैले खेलेका २-२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

यस समुहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तिनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले