२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकपमा आज दुई खेल हुदै

३१ जेष्ठ २०८१, बिहीबार ०२:४५

जेठ ३१, काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् ।

आज समुह सी अन्तर्गत वेस्ट इन्डिज र न्यूजील्याण्ड खेल्दै छन् । ट्रीनीडाडको ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार विहान ६; १५ बजेदेखि शरू हुने छ ।

वेस्ट इन्डिजले जारी विश्वकपका आफ्ना शुरुका दुवै खेलमा जित हासिल गरेर ४ अंक बटुलेको छ । वेस्ट इन्डिजले युगाण्डा र पिएनजीलाई पराजित गरेको थियो । त्यस्तै न्यूजील्याण्डले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेर खराब शुरुवात गरेको छ ।

वेस्ट इन्डिज र न्यूजील्याण्डबीच अहिलेसम्म कुल १९ टी-२० खेल भएका छन्, जसमा न्यूजील्याण्डले ११ खेल जितेको छ भने वेस्ट इन्डिजले ६ खेल जितेको छ । त्यस्तै २ खेल बिना नतिजा सकिएका छन् ।

त्यस्तै आज अर्को खेल समुह डी अन्तर्गत बंगलादेश र नेदरल्याण्डसबीच हुदै छ । सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । यस अघि दुवैले खेलेका २-२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

यस समुहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तिनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ