२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी–२० विश्वकप क्रिकेट: भारत र अफगानिस्तान भिड्दै, हेड टु हेडमा को बलियो?

२०८१, ६ असार बिहीबार ०९:१०

असार ६, काठमाडौँ । आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत बिहीवार भारत र अफगानिस्तान बीच खेल हुँदैछ।

केनिङ्स्टन ओभल, ब्रिजटाउनमा हुने भारत र अफगानिस्तानबीचको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ।

रोहित शर्माको कप्तानीमा रहेको भारत समूह ‘ए’ को विजेता हुँदै सुपर ८ मा पुगेको हो भने राशिद खानको कप्तानीमा रहेको अफगानिस्तान समूह ‘सी’ को उपविजेता हुँदै सुपर ८ मा पुगेको हो।


आजको खेलमा भारतका अर्षदीप सिंह, सूर्यकुमार यादव, यशस्वी जयसवाल र अक्षर पटेलमाथि सबैको नजर रहेको छ भने अफगानिस्तानका फजलहक फारुकी, इब्राहिम जदरान, रहमानुल्लाह गुरबाज र राशिद खानमाथि सबैको विषेश नजर रहने छ।

तर, भारतका लागि भने बिहीवार हुने खेल मैदान खतरा उत्पन्न गराउन सक्ने देखिन्छ। बारबाडोसको राजधानी ब्रिजटाउनमा रहेको उक्त खेल मैदान भारतका लागि अनलक्की रहेको छ।

भारतीय टीमले हालसम्म यस मैदानमा खेलेको खेलमध्य एक टी–२० पनि जितेको छैन। भारतले केनिङ्स्टन ओभलमा हालसम्म २ टी–२० खेलेको छ र दुबैमा पराजित भएको छ। उक्त दुबै खेल सन् २०१० मा खेलिएको थियो। अब भारत १४ वर्ष पछि उक्त मैदानमा फेरि उत्रदै छ।

हेड टु हेड मा भारत र अफगानिस्तानबीच हालसम्म ८ टी–२० खेल भएका छन्। जसमा भारतले ७ खेलमा जित हात पारेको छ भने अफगानिस्तान सबैमा पराजित भएको छ। जबकी एक खेल नतिजाबिहीन रह्यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना