२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्नेसहित यस्तो छ क्यानको केन्द्रीय कार्यसमितिको निर्णय…

२१ असार २०८१, शुक्रबार १२:१७

असार २१, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णय  सार्बजनिक गरिएको छ ।

असार २० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । त्यस्तै नेपाल प्रिमियर लिग आगामी नोभेम्बर/डिसेम्बरमा आयोजना गर्ने निर्णय गरेको छ ।


साथै नेपाल क्रिकेट संघ (क्यान)ले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ ।

क्यानको बिहीबार बसेको बैठकले अप्सरीलाई निलम्बन गर्ने निर्णय गरिएको क्यानको सचिव पारख खड्काले जानकारी दिए ।

उनकाअनुसार अप्सरीलाई निलम्बन गरी थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

जुलाई १९ देखि श्रीलंकामा हुने महिला टी-२० एसिया कपका लागि अहिले बन्द प्रशिक्षण चलिरहेको छ ।

बन्द प्रशिक्षणका क्रममा अप्सरीले टीम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले दाबी गरेको छ ।

यस्तो छ क्यानको केन्द्रीय कार्यसमितिको  निर्णय

असार २१, काठमाडौँ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ