२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बार्सिलोनालाई यमलको पारिश्रमिक तुरुन्त बढाउन सुपर एजेण्टको माग

२०८१, ५ श्रावण शनिबार ०३:४१

साउन ५, काठमाडौँ । १७ बर्षिय लामिन यमल युरोकपबाट उदाएसँगै उनको चर्चा शिखरमा पुगेको छ । कम उमेरमै आफ्नो देशका लागि युरोकप जित्न सफल यमलको ध्यान अब क्लब बार्सिलोनातर्फ देखिएको छ । 

यसैबीच यमलका सुपर एजेन्ट जर्ज मेन्डेजले बार्सिलोनालाई यमलको पारिश्रमिक तुरुन्तदेखि बढाउन माग गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार यमलको बार्सिलोनामा २०२६ सम्म सम्झौता रहेको छ र उनको हाल प्रति साता करिब ३५ हजार डलर मात्र पारिश्रमिक रहेको छ । बार्सिलोनाले यस अघि यमलको पारिश्रमिक २०२६ पछि मात्र बढाउने भनेपनि युरोकपको उनको प्रदर्शन र सुपर एजेन्टको दबाबपछि तुरुन्त पारिश्रमिक बढाउने तयारीमा रहेको उल्लेख गरिएको छ ।

युरोकपको सफलतापछि यमल बार्सिलोनाका लागि खेलाडी र कमर्सियल रुपमा पनि सफल हुनसक्ने देखिए पछि बार्सिलोना उनको पारिश्रमिक बढाउन तयार भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

बार्सिलोनामा हाल सर्बाधिक पारिश्रमिक रहेका खेलाडी नेदरल्याण्डसका फ्रांकी डी जोंग हुन् । उनको प्रति साता पारिश्रमिक ७ लाख ८५ हजार डलर रहेको छ । त्यस्तै त्यसपछि रोबेर्ट लेवानडोस्कीको प्रति साता ५ लाख ६७ हजार डलर रहेको छ । उनीहरुको तुलनामा यमलको पारिश्रमिक १० प्रतिशत भन्दा पनि कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति