२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी–२०: रोहितआबद्ध टोरन्टो नेसनलले पहिलो हार, रोहितको सुस्त ब्याटिङ

१४ श्रावण २०८१, सोमबार ०६:११

साउन १४, काठमाडौं |  क्यानडामा जारी ग्लोबल टी-२० मा नेपालका रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनलले पहिलो हार व्यहोरेको छ । सर्रे जगुअर्स विरुद्धको खेलमा टोरन्टो ८० रनको विशाल अन्तरले पराजित भएको हो ।

जगुअर्सले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १६१ रन बनाएको थियो । जगुअर्सका कप्तान मार्कस स्टोइनिसले ३७ बलमा सर्वाधिक ५७ रन बनाए ।


जवाफी ब्याटिङका टोरन्टोले ८१ रन मात्र जोड्न सक्यो । रोहितले पहिलो पटक ब्याटिङको मौका पाएका थिए । तर उनको प्रदर्शन बिर्सनलायक रह्यो । उनले २५ बल सामना गर्दा १० रन मात्र जोड्न सके ।

रोहित क्रिजमा आउँदा टोरन्टोले ७.४ ओभरमा ३ विकेट गुमाएर ५७ रन जोडिसकेको थियो । तर रोहितले सुरूबाटै सुस्त ब्याटिङ गरेपछि रनरेटको दबाब बढ्यो । अर्को इन्डमा लगातार दुई विकेट गएकाले रोहित रक्षात्मक बन्न बाध्य भएका थिए । उनले एउटा पनि बाउन्ड्री लगाउन सकेनन् ।

१७ औँ ओभरमा सटोइनिसले रोहितसहित तीन ब्याट्सम्यानलाई शिकार बनाउँदै जगुअर्सलाई लज्जास्पद हार चखाए । टोरन्टोले यसअघि दुई खेल लगातार जितेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ