२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय पूर्व क्रिकेटर तथा प्रशिक्षक अंशुमान गायकवाडको निधन

१७ श्रावण २०८१, बिहीबार ०३:४२

साउन १७, काठमाडौँ । भारतीय पूर्व क्रिकेटर तथा पुर्व मुख्य प्रशिक्षक अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ । उनी लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले गायकवाडको निधनमा दुख व्यक्त गरेका छन् । बोर्डले उनको उपचारका लागि १ करोड रुपैयाँ सहयोग गरेको थियो । यसबाहेक १९८३ को विश्वकप विजेता टोलीका सदस्यहरूले पनि गायकवाडलाई सहयोग गरेका थिए ।

उनले गत जुनमा लन्डनको किङ्स कलेज अस्पतालमा ब्लड क्यान्सरको उपचार पनि गराएका थिए । यसपछि उनी भारत फर्किएका थिए । 

गायकवाडले भारतका लागि ४० टेस्ट र १५ ओडीआई खेलेका थिए । उनी सन् २००० आईसीसी च्याम्पियन्स ट्रफीमा उपविजेता बनेको भारतीय टोलीका प्रशिक्षक पनि थिए । गायकवाडले २२ वर्षको करियरमा २०५ प्रथम श्रेणी खेल पनि खेलेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ