२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय पूर्व क्रिकेटर तथा प्रशिक्षक अंशुमान गायकवाडको निधन

२०८१, १७ श्रावण बिहीबार ०३:४२

साउन १७, काठमाडौँ । भारतीय पूर्व क्रिकेटर तथा पुर्व मुख्य प्रशिक्षक अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ । उनी लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले गायकवाडको निधनमा दुख व्यक्त गरेका छन् । बोर्डले उनको उपचारका लागि १ करोड रुपैयाँ सहयोग गरेको थियो । यसबाहेक १९८३ को विश्वकप विजेता टोलीका सदस्यहरूले पनि गायकवाडलाई सहयोग गरेका थिए ।

उनले गत जुनमा लन्डनको किङ्स कलेज अस्पतालमा ब्लड क्यान्सरको उपचार पनि गराएका थिए । यसपछि उनी भारत फर्किएका थिए । 

गायकवाडले भारतका लागि ४० टेस्ट र १५ ओडीआई खेलेका थिए । उनी सन् २००० आईसीसी च्याम्पियन्स ट्रफीमा उपविजेता बनेको भारतीय टोलीका प्रशिक्षक पनि थिए । गायकवाडले २२ वर्षको करियरमा २०५ प्रथम श्रेणी खेल पनि खेलेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो