२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी-२० मा ब्राम्पटनविरुद्ध सन्दीप महँगो साबित, दीपेन्द्रको कसिलो बलिङ

१७ श्रावण २०८१, बिहीबार ०६:०४

साउन १७, काठमाडौँ ।  ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो चौथो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले चौथो खेल खेलेका छन्। गएराति ब्रम्टन वुल्भ्ससँग ६ विकेटले पराजित भएको भ्यानुभरका लागि सन्दीपले तीन ओभर बलिङ गर्दा मात्र एक विकेट लिएर सर्वाधिक ३९ रन खर्चिए। भ्यानकुभरका लागि गएराति भएको खेलमा सन्दीप महँगो साबित भएका हुन् । 

ब्राम्पटनविरुद्ध सन्दीपले तीन ओभर मात्र बलिङको मौका पाए, जसमा उनले एक विकेट लिएर ३९ रन खर्चिए । सन्दीपले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिए पनि लय कायम राख्न सकेनन् । उनले उक्त ओभरमा ६ रन दिएर ज्याक जेर्भिसलाई तीन रनमा बोल्ड गरे ।  


सन्दीपले दोस्रो ओभरमा एउटा स्टम्पिङको मौका दिए पनि त्यसमा विकेटकिपर चुके । उनले दोस्रो ओभरमा तीन छक्कासहित बिनाविकेट २२ रन खर्चिए । जारी सिजनमा उनले एकै ओभरमा २२ रन खर्चिएको यो पहिलोपटक हो । ब्राम्पटनविरुद्ध तेस्रो ओभरमा सन्दीपले बिनाविकेट ११ रन दिए ।

ग्लोबल टी–२० क्यानडा २०२४ मा उनले चार म्याच खेल्दा ५ विकेट लिएका छन् । सन्दीपले पहिलो र तेस्रोमा एक/एक तथा दोस्रो खेलमा दुई विकेट लिएका थिए । हालसम्म सन्दीपले ग्लोबल टी–२० को इतिहासमा २१ खेलमा २८ विकेट लिएका छन् । ब्राम्पटनविरुद्ध नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले भने राम्रो प्रदर्शन गरे ।

यस खेलमा उनले बलिङ र फिल्डिङमार्फत उत्कृष्ट प्रदर्शन गरेका हुन् । ब्राम्पटनविरुद्ध दीपेन्द्रले ब्याटिङमा भने मौका पाएनन् । उनले फिल्डिङमार्फत ब्राम्पटनका कप्तान डेविड वार्नरलाई पाचौं ओभरको अन्तिम बलमा २५ को स्कोरमा रन आउट गरे । यस्तै, बलिङमा दीपेन्द्रले चार ओभरमा कसिलो बलिङ गर्दै बिनाविकेट १८ रन मात्र दिए । उनले आफ्नो पहिलो ओभरमा मात्र एक रन खर्चिए । 

टस जितेर भ्यानकुभरले वुल्भ्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। सुरुमा ब्याटिङ गरेको भ्यानकुभरले चार विकेटको क्षतिमा १४९ रन बनाएको थियो। उसका लागि रिची बेरिंगटनले नटआउट ३८ र आसिफ अलीले नटआउट ३६ रन जोडेका थिए। यी दुई ब्याट्सम्यानले टिकेर खेल्दा मध्यक्रमका ब्याट्सम्यान नेपालका दीपेन्द्रले ब्याटिङ गर्नु परेन।

भ्यानकुभरले दिएको १५० रनको लक्ष्य वुल्भ्सले १८.१ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको हो। उसका लागि विओ वेस्टरले नटआउट सर्वाधिक ४९ रन बनाए। उनी अर्धशतक बनाउन एक रनले चुके। योसँगै सन्दीप र दिपेन्द्रको टिम भ्यानकुभरले लगातार चौथो हार खाएको छ। अंकबिहीन भ्यानकुभर तालिकाको पुछारमा छ।

नेपालका कप्तान रोहित पौडेलको टिम टोरोन्टो नेसनल्स भने चार अंकसहित तेस्रो स्थानमा छ। रोहितको टिमले सुरुका दुई खेल जित्दा त्यसपछि लगातार दुई खेल गुमाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ