२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महेन्द्र सिंह धोनीले आईपीएलको नयाँ नियमका आधारमा सन्यास लिने वा नलिने निर्णय गर्ने

१८ श्रावण २०८१, शुक्रबार ०९:५८

साउन १८, काठमाडौँ । भारतीय टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ नियम र अवधारणाका आधारमा सन्यास लिने वा नलिने निर्णय गर्ने बताएका छन्।

सन् २०२० अगस्ट १५ मा इन्टरनेशनल क्रिकेटबाट सन्यास लिएका धोनी पछिल्लो समय आईपीएलमा सक्रिय छन्। यस वर्षको आईपीएलकै क्रममा उनले सन्यास लिने र आगामी आईपीएल नखेल्ने जस्ता बहस सुनिएको थियो। तर, धोनीले आगामी सिजनको आईपीएलको नियम र अवधारणाका आधारमा आफूले सन्यास लिने वा नलिने निर्णय गर्ने बताए।


बिहीवार पत्रकारहरूसँगको कुराकानीमा उनले आईपीएलको रिटेन्शन र अन्य विषयमा बन्ने नियमका आधारमा सन्यासको निर्णय लिने बताए। उनले भने, ‘अहिले बल हाम्रो पक्षमा छैन। एकपटक नियम जारी भएपछि मलाई निर्णय लिन सहज हुनेछ। जुन टीमको हितमा रहने छ।’

धोनी भारतका एक मात्र कप्तान हुन् जसले भारतलाई एकदिवसीय विश्वकप र टी–२० विश्वकपको उपाधि दिलाएका छन् भने आईपीएल टीम चेन्नई सुपर किङ्ग्सलाई ५ पटक उपाधि दिलाउन सफल भएका छन्। ४३ वर्षीय धोनीको क्रिकेट जगतमा छुट्टै पहिचान बनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ