२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी-२०: सन्दीप र दीपेन्द्रको टिम रोहितको टिमसँग १९ रनले पराजित

२० श्रावण २०८१, आईतवार ०३:३७

साउन २०, काठमाडौँ | ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत नेपालका दुई राष्ट्रिय टिमका खेलाडी सहभागी भ्यानकुभर नाइट्स नेपाली राष्ट्रिय टिमका कप्तान सहभागी टोरोन्टो नेसनल्ससँग पराजित भएको छ। भ्यानकुभरमा नेपाली राष्ट्रिय टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिन सन्दीप लामिछाने रहेका छन्। 

गएराति नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल सहभागी टोरोन्टो नेसनल्स १९ रनले विजयी भएको हो। 

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको टोरोन्टोले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। टोरोन्टोले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पछ्याएको भ्यानकुभर १८.५ ओभरमा १०८ रन बनाएर अलआउट भएको हो।

भ्यानकुभरका लागि रिची बेरिंगटनले अर्धशतक ५२ रन बनाए | नेपालका दीपेन्द्रले १२ बलमा १३ रन मात्रै बनाउन सके | त्यस्तै  सन्दीप  लामिछानेले तीन बलको सामना गर्दै शून्यमा आउट भए।

यस अघि पहिलो ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। यस खेलमा नेपाली कप्तान रोहितलाई बेन्चमा राखेको थियो। टोरोन्टोका लागि रोस्टन चेसले सर्वाधिक २३ रन बनाएका थिए।  भ्यानकुभरका बलर मोहमद अमिरले ३ विकेट लिए | हर्ष ठाकर र ऋषिभ जोशीले समान १-१ विकेट लिए। नेपालका लेग स्पिन सन्दीप लामिछानेले  ४ ओभर बलिङ गर्दा ३२ रन खर्चिएर १ विकेट लिए भने अलराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई ओभर बलिङ गर्दा विना विकेट १६ रन खर्चिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ