२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी-२०: सन्दीप र दीपेन्द्रको टिम रोहितको टिमसँग १९ रनले पराजित

२०८१, २० श्रावण आईतवार ०३:३७

साउन २०, काठमाडौँ | ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत नेपालका दुई राष्ट्रिय टिमका खेलाडी सहभागी भ्यानकुभर नाइट्स नेपाली राष्ट्रिय टिमका कप्तान सहभागी टोरोन्टो नेसनल्ससँग पराजित भएको छ। भ्यानकुभरमा नेपाली राष्ट्रिय टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिन सन्दीप लामिछाने रहेका छन्। 

गएराति नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल सहभागी टोरोन्टो नेसनल्स १९ रनले विजयी भएको हो। 

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको टोरोन्टोले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। टोरोन्टोले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पछ्याएको भ्यानकुभर १८.५ ओभरमा १०८ रन बनाएर अलआउट भएको हो।

भ्यानकुभरका लागि रिची बेरिंगटनले अर्धशतक ५२ रन बनाए | नेपालका दीपेन्द्रले १२ बलमा १३ रन मात्रै बनाउन सके | त्यस्तै  सन्दीप  लामिछानेले तीन बलको सामना गर्दै शून्यमा आउट भए।

यस अघि पहिलो ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। यस खेलमा नेपाली कप्तान रोहितलाई बेन्चमा राखेको थियो। टोरोन्टोका लागि रोस्टन चेसले सर्वाधिक २३ रन बनाएका थिए।  भ्यानकुभरका बलर मोहमद अमिरले ३ विकेट लिए | हर्ष ठाकर र ऋषिभ जोशीले समान १-१ विकेट लिए। नेपालका लेग स्पिन सन्दीप लामिछानेले  ४ ओभर बलिङ गर्दा ३२ रन खर्चिएर १ विकेट लिए भने अलराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई ओभर बलिङ गर्दा विना विकेट १६ रन खर्चिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो