१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

काभा बिच भलिबलमा पदक जितेर फर्कियो नेपाली टोली

२० श्रावण २०८१, आईतवार ०९:०९

साउन २०, काठमाडौँ | भुटानको थिम्पुमा भएको काभा बिच भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको नेपाली महिला टोली र रजत जितेको नेपाली पुरुष टोली आइतबार स्वदेश फर्किएका छन् ।

आइतबार उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायतले स्वागत गरे ।


काभा बिच भलिबलमा नेपालकी कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानलाई २-० को सेटमा हराउँदै स्वर्ण पदक जितेको थियो । त्यस्तै पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी माल्दिभ्सको ए टिमसँग २-० को सोझो सेटमा पराजित हुँदै रजत पदक पाएको थियो ।

नेपाली टोलीका प्रशिक्षकमा रुपेश विष्टले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षणमै स्वर्ण र रजत पदक जित्दा एकदमै खुशी लागेको बताए ।

नेपालले प्रतियोगिताको दुई दिनअघि नै भुटान पुगेर तयारी गरेकाले पदक जित्न सफल भएको उनको भनाइ छ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिपेन्द्र सिंह ऐरीले पाए कार, कारमा लाग्ने कर पनि शारडा ग्रुपले नै व्यहोर्ने ६७ यात्रु सवार अजरबैजान एअरलाइन्सको विमान कजाखस्तानमा खस्यो नेपाली चलचित्र ‘लाज शरणम्’ को विश्व बजारमा उच्च माग ‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन ८५ करोड सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ दिल्लीमा उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा सुधार अफगानिस्तानमा पाकिस्तानको आक्रमण : १५ जनाको मृत्यु, बदला लिने तालिवानको चेतावनी नक्कली सूर्य बनाउँदै अमेरिका सुरक्षा पन्तलाई मापसे गरेर गाडि नचलाउने सल्लाह आएपछि… अडानी समूहको गल्फ जायन्ट्सबाट यो वर्ष पनि आईएलटी-२० खेल्दै दिपेन्द्र सिंह ऐरी स्याङ्जामा ट्याक्टर पल्टिँदा १ को मृत्यु, ३ जना घाइते आज सामान्य घट्यो सुनचाँदीको मूल्य क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल एमालेको सचिवालय बैठक आज बस्दै आज भव्यताका साथ क्रिसमस डे मनाइदैँ यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार