२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी-२०: सन्दीप र दीपेन्द्र आवद्ध भ्यानकुभरको पहिलो जीत, सन्दीपले लिए दुई विकेट

२१ श्रावण २०८१, सोमबार ०६:०३

साउन २१, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्यानकुभर नाइट्सले ग्लोबल टी-२० क्यानडामा पहिलो जीत दर्ता गरेको छ । आइतबार भएको खेलमा भ्यानकुभरले मोन्ट्रेयाल टाइगर्सलाई ५ विकेटले पराजित गरेको हो । 

टाइगर्सले दिएको ११० रनको लक्ष्य भ्यानकुभरले आठ बल बाँकी छँदै पाँच विकेट गुमाएर भेट्टायो । 


भ्यानकुभरका रिजा हेन्ड्रिक्स ३९, कप्तान उस्मान ख्वाज ३१ र रिचि बेरिंगटन १७ रनमा आउट हुँदा ड्वेन प्रिटोरियस पाँच रनमा अविजित रहे ।

टाइगर्सका अजमातुल्लाह उमरजाई र ग्रेहार्ड इरास्मसले समान दुई विकेट लिए । कोर्बिन बोशको नाममा एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको टाइगर्सले निर्धारित १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो ।

टाइगर्सका अजमातुल्लाह उमरजाई ३०, शेर्फेन रदरफोर्ड २२ र टिम सेफर्ट १० रनमा आउट हुँदा कलिम साना ११ रनमा अविजित रहे। 

भ्यानकुभरमा मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए । ड्वेन प्रिटोरियस, हर्ष ठाकर र सन्दीप लामिछानेले समान दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ