२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने

२०८१, २१ श्रावण सोमबार १०:४८

साउन २१, काठमाडौँ । नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ ।

नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । टोलीले एकहप्ता त्रिवि क्रिकेट मैदानमा फिटनेश ट्रेनिङ गर्नेछ, त्यसपछि भारत जाने तयारी छ ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले भारतमा प्रशिक्षण गर्ने तयारीमा रहेको पुष्टि गरे । ‘पहिलो चरणमा टीयुमै आज वा भोलिबाट फिटनेशको अभ्यास हुनेछ । त्यसपछि भारतमा जाने छौं’, लामाले भने, ‘तर भारतको कहाँ र कति म्याच खेल्ने भन्ने छलफलमै छौं । टुङ्गो लागेपछि सार्वजनिक गर्छौं ।’


प्रशिक्षणमा बोलाइएका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० क्यानडामा व्यस्त छन् । ग्लोबल टी–२० क्यानडा ११ अगष्टमा सकिने छ । त्यसपछि दीपेन्द्र र रोहित टी–१० लिग खेल्ने वेष्टइण्डिज जाने कार्यक्रम छ ।

तीनै जना सिधै क्यानडामा टोलीसँग जोडिनेछन् । तीव्र गतिका बलर गुल्शन झा भारतमै छन् । सोमपाल कामी र करण केसी भारतमा अभ्यास गरेर नेपाल फर्किसकेका छन् ।

टी–२० विश्वकपपछि अमेरिकामा बस्दै आएका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि नेपाल आएका छैनन् । उनी पनि सिधै भारत आउने तयारीमा छन् । ।

नेपालले आगामी सेप्टेम्बरमा क्यानडामा आईसीसी विश्वकप लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्नेछ ।

घरेलु टोली क्यानडा, नेपाल र ओमानबीच उक्त प्रतिस्पर्धा हुनेछ । लिग–२ मा १८ र २६ सेप्टेम्बरमा क्यानडा तथा २० र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ । यद्यपि आईसीसीले औपचारिक रुपमा खेल तालिका सार्वजनिक गरिसकेको छैन । त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ ।

नेपाली टोली क्यानडाबाटै अमेरिका जानेछ । अक्टोबरमा नेपालले अमेरिकामा आईसीसी विश्वकप लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने तालिका छ । घरेलु टोली अमेरिकासँगै नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

लिग–२ त्रिकोणात्मक सिरिज २०२७ सम्म चल्नेछ । प्रतियोगितामा नेपाल, अमेरिका, क्यानडा, स्कटल्यान्ड, नेदरल्यान्ड्स, यूएई, ओमान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष चारमा रहने टोलीले सोझै २०२७ को एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

२०२७ सम्म नम्वर वान एसोसिएट टोली हुने नेपालको लक्ष्य छ । यसका लागि लिग २ मा प्रदर्शन महत्वपूर्ण हुनेछ ।

सुरुवाती चार खेलमा नेपाल १ मा जितका साथ छैटौं स्थानमा छ । स्कटल्यान्ड ७ खेलमा ४ मा जित, २ मा हार र एक खेल नतिजा विहीन हुँदा ९ अंकका साथ शीर्ष स्थानमा छ । क्यानडा ४ खेलमा अपराजित रहँदै ८ अंकका साथ दोस्रो स्थानमा छ ।

नामिबिया ८ खेलमा समान चारमा जित र हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अंकका साथ चौथो र ओमान ३ अंकका साथ पाँचौं स्थानमा छ । युएई तीन खेलमा अंकविहीन हुँदै सातौं र अमेरिका एक खेल नखेली पुछारमा छ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा