२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी-२० : लज्जास्पद हारका बावजुद टोरन्टोको प्ले अफमा, रोहित लगातार तेस्रो खेलमा बेन्चमा

२०८१, २२ श्रावण मंगलवार ०७:३५

साउन २२, काठमाडौँ । क्यानडामा जारी ग्लोबल क्यानडा टी-२० क्रिकेटमा नेपालका कप्तान रोहित पौडेल लगातार तेस्रो खेलमा बेन्चमा सीमित भएका छन् ।

रोहित आवद्ध टोरन्टो नेसनल्सले पछिल्लो खेलमा मन्ट्रेयल टाइगर्ससँग ७ विकेटले हार ब्यहोरेपनि प्ले अफमा भने पुगेको छ । यो खेलमा पहिला ब्याटिङ गरेको टोरन्टो केवल ५२ रनमा समेटिएको थियो । टोरन्टो चौथो भएर प्ले अफमा पुगेको हो । उसले पहिलो चरणमा तीन जित र तीन हारको नतिजा निकाल्यो ।


टोरन्टोले खेलेको दोस्रो खेलमा रोहितले खेल्दै ग्लोबल टी-२० मा डेब्यू गरेका थिए । त्यस खेलमा टोरन्टोले ब्राम्पटन उल्भ्सलाई ८ विकेटले हराएको थियो । रोहितले एउटा क्याच लिएका थिए भने एक रनआउटमा सहयोग गरेका थिए । ब्याटिङमा भने उनले पालो पाएनन् ।

उनी लगातार दोस्रो खेलमा टीममा समेटिए पनि प्रभाव देखाउन सकेनन् । सर्रे जगर्सविरुद्ध १६२ रनको लक्ष्य पछ्याएको टोरन्टो ८१ रनमा समेटिएको थियो । पाँचौं नम्बरमा ब्याटिङमा गएका रोहितले २५ बलमा १० रन जोडेका थिए । त्यसयता रोहित प्लेइङ सेटमा परेका छैनन् । रोहितविनै खेलेका खेलमा टोरन्टोले २ हार र एक जितको नतिजा निकाल्यो ।

यो प्रतियोगितामा नेपालबाट सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी पनि खेलेका थिए । तर, उनीहरू सहभागी भ्यानकोभर नाइट्स ५ हार र एक जितको नतिजासहित पुछारमा रहेर बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति