२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी-२० : लज्जास्पद हारका बावजुद टोरन्टोको प्ले अफमा, रोहित लगातार तेस्रो खेलमा बेन्चमा

२२ श्रावण २०८१, मंगलवार ०७:३५

साउन २२, काठमाडौँ । क्यानडामा जारी ग्लोबल क्यानडा टी-२० क्रिकेटमा नेपालका कप्तान रोहित पौडेल लगातार तेस्रो खेलमा बेन्चमा सीमित भएका छन् ।

रोहित आवद्ध टोरन्टो नेसनल्सले पछिल्लो खेलमा मन्ट्रेयल टाइगर्ससँग ७ विकेटले हार ब्यहोरेपनि प्ले अफमा भने पुगेको छ । यो खेलमा पहिला ब्याटिङ गरेको टोरन्टो केवल ५२ रनमा समेटिएको थियो । टोरन्टो चौथो भएर प्ले अफमा पुगेको हो । उसले पहिलो चरणमा तीन जित र तीन हारको नतिजा निकाल्यो ।


टोरन्टोले खेलेको दोस्रो खेलमा रोहितले खेल्दै ग्लोबल टी-२० मा डेब्यू गरेका थिए । त्यस खेलमा टोरन्टोले ब्राम्पटन उल्भ्सलाई ८ विकेटले हराएको थियो । रोहितले एउटा क्याच लिएका थिए भने एक रनआउटमा सहयोग गरेका थिए । ब्याटिङमा भने उनले पालो पाएनन् ।

उनी लगातार दोस्रो खेलमा टीममा समेटिए पनि प्रभाव देखाउन सकेनन् । सर्रे जगर्सविरुद्ध १६२ रनको लक्ष्य पछ्याएको टोरन्टो ८१ रनमा समेटिएको थियो । पाँचौं नम्बरमा ब्याटिङमा गएका रोहितले २५ बलमा १० रन जोडेका थिए । त्यसयता रोहित प्लेइङ सेटमा परेका छैनन् । रोहितविनै खेलेका खेलमा टोरन्टोले २ हार र एक जितको नतिजा निकाल्यो ।

यो प्रतियोगितामा नेपालबाट सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी पनि खेलेका थिए । तर, उनीहरू सहभागी भ्यानकोभर नाइट्स ५ हार र एक जितको नतिजासहित पुछारमा रहेर बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ