२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतलाई हराउदै श्रीलंकाले जित्यो एकदिवसी सिरिज,सिरिजमा श्रीलंका २-० ले विजयी

२४ श्रावण २०८१, बिहीबार ०२:५७

साउन २४, काठमाडौँ । श्रीलंकाले भारतसँगको जारी एकदिवसी सिरिज जितेको छ । बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज २-० ले जितेको हो ।

यस खेलमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछाएको भारतले २६.१ ओभरमा अल आउट हुदै १३८ रन मात्र बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्बाधिक ३५ रन बनाए भने वाशिंटन सुन्दरले ३० र विराट कोहलीले २० रन बनाए ।

त्यस्तै भारतीय ब्याटिंग ध्वस्त गर्नेक्रममा श्रीलंकाका बलर दुनिथ वेल्लालागेले ५ विकेट लिए भने महीश तिक्क्षना र जेफ्री वान्दरसेले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाउदै २४८ रन बनाएको थियो । श्रीलंकाका लागि आभिस्का फेर्नान्डोले सर्बाधिक ९६ रन बनाए भने कुसल मेन्डिसले ५९ र पाथुम निसान्काले ४५ रन बनाएका थिए । त्यस्तै भारतीय बलर रियाँ परागले ३ विकेट लिएका थिए ।

यो जितपछि श्रीलंकाले ३ खेलको सिरिज २-० ले जितेको छ । सिरिजको पहिलो खेल टाई भएको थियो भने त्यसपछिका दुवै खेल श्रीलंकाले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ