१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टि २० : रोहितआवद्द टोरोन्टोले इलिमिनेटर खेल्दै, रोहितले प्लेईङ-११ मौका पाउने सम्भावना

२५ श्रावण २०८१, शुक्रबार १०:११

साउन २५, काठमाडौँ । क्यानडामा जारी रहेको ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले इलिमिनेटर खेल खेल्दैछ ।

टोरोन्टोले इलिमिनेटर खेलमा बंग्ला टाइगर्ससँग खेल्दैछ । ईलिमिनेटर खेल क्यानडाको ब्राम्प्टनमा रहेको सिएए सेन्टरमा नेपाली समय अनुसार शनिबार बिहान १ः४५ बजे मा सुरु हुनेछ । यो‌‌ खेलमा रोहितले खेल्ने सम्भावना रहेको छ । टोरोन्टोको टोलीमा साद विन जाफर तथा निकोलस किर्तन नरहने हुँदा रोहितले प्लेईङ-११ मौका पाउने सम्भावना छ ।

विश्वकप लिग टु सिरिजका लागि क्यानडाको टोली नेदरल्यान्ड्समा रहेको छ । कप्तान किर्तन तथा पुर्व कप्तान जाफर टोलीसँगै नेदरल्यान्ड्स पुगिसकेका छन् ।टोरोन्टोले समूह चरणका ७ मध्ये ३ मा जित र ३ मा हार बेहार्दा १ खेल भने वर्षाका कारण रद्द भएको थियो । टोरोन्टोले चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो ।

बंग्लाले भने ७ मध्ये ४ खेलमा जित हात पारेको थियो । बंग्ला तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी तथा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्स भने लिग चरणाबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन