२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी–२० : रोहित आबद्ध टोरन्टो नेसनल्स फाइनलमा प्रवेश

२०८१, २७ श्रावण आईतवार ०६:१८

साउन २७, काठमाडौं |  क्यानडामा भईरहेको ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स फाइनल प्रवेश गरेको छ ।

शनिबार बेलुका भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको हो ।

दोस्रो क्वालिफायर खेलमा पनि रोहित भने बेन्चमा नै रहेका थिए । बंग्ला टाइगर्सले सुपर ओभर खेल्न नमाने पछि टोरोन्टो दोस्रो क्वालिफायका लागि छनोट भएको थियो ।


वर्षाका कारण इलिमिनेटर खेल हुन नसके पछि सुपर ओभरबाट निर्णय लिने लिगको नियम रहेको थियो । तर, बंग्लाले सुपर ओभर खेल्न अस्विकार गरे पछि टोरोन्टो दोस्रो क्वालिफायरका लागि छनोट भएको थियो ।

वुल्भ्सले दिएको १ सय ४२ रनको लक्ष्य टोरोन्टोले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । टोरोन्टोका लागि ओपनर तथा कप्तान कोलिन मुनरोले २० बलमा सर्वाधिक ३६,मोहम्मद नवाजले अविजित २४ तथा ओपनर उन्मुक्त चन्दले १९ रन जोडे ।

वुल्भ्सका लागि अखिल कुमारले ३ तथा एन्ट्रु टाय र बेउ वेबस्टारले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वुल्भ्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन जोडेको थियो ।

वुल्भ्सका लागि निक हबसनले ३४ बलमा अविजित रहँदै सर्वाधिक ५१ रन जोडे । जर्ज मुन्सेले २६, ज्याक जार्बिसले २० तथा कप्तान डेबिड वार्नरले १३ रन जोडे ।

टोरोन्टोका लागि रोमारियो शेफर्डले ४ तथा जितेन्द्रपाल माथरुले २ विकेट लिए । फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्सको सामना गर्नेछ । फाइनल आइतबार बेलुका हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति