२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सम्पन्न भयो पेरिस ओलम्पिक, कुन देशले कति पदक जिते ?

२०८१, २८ श्रावण सोमबार ०२:५७

साउन २८, काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ९१ देशले पदक जितेका छन् । गएराती सम्पन्न पेरिस ओलम्पिकपछि शरणार्थी टिमसहित २०५ देशले भाग लिएकोमा ६३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ९१ देशले पदक जितेका छन् ।

पदक तालिकामा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ काश्य पदक जितेर शिर्ष स्थानमा रह्यो । त्यस्तै अमेरिकालाई पछ्याउदै चीन ४० स्वर्ण, २७ रजत र २४ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै जापानले २० स्वर्ण, १२ रजत र १३ काश्य पदकसहित तेस्रो स्थानमा रह्यो भने अस्ट्रेलिया १८ स्वर्णसहित १९ रजत र १६ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ । त्यस्तै आयोजक फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ काश्य पदक जितेर पाँचौं स्थानमा रहेको छ । 

त्यसैगरी नेदरल्याण्डसले १५ स्वर्ण ७ रजत र १२ काश्य पदकसहित छैठौं स्थानमा रहेको छ भने ग्रेट ब्रिटेन १४ स्वर्ण, २२ रजत र २९ काश्य पदकसहित सातौँ स्थानमा रहेको छ । 

त्यस्तै दक्षिण कोरियाले १३ स्वर्ण, ९ रजत र १० काश्य पदक जितेको छ भने इटालीले १२ स्वर्ण, १३ रजत र १५ काश्य पदक जितेको छ ।  त्यस्तै जर्मनीले १२ स्वर्ण, १३ रजत र ८ काश्य पदक जितेको छ भने न्यूजील्याण्डले १० स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेको छ ।  त्यसैगरी क्यानडाले ९ स्वर्ण, ७ रजत र ११ काश्य पदक जितेको छ भने उज्बेकिस्तानले ८ स्वर्ण २ रजत र ३ काश्य पदक जितेको छ । 

त्यसैगरी हंगेरीले ६ स्वर्ण, ७ रजत र ६ काश्य पदक जितेको छ भने स्पेनले ५ स्वर्ण ४ रजत र ९ काश्य पदक जितेको छ । त्यसैगरी स्विडेन, केन्या, नर्वे र आयरल्याण्डले ४-४ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, इरान, युक्रेन, रोमानिया, जर्जिया, बेल्जियम, सर्बिया र चेक रिपब्लिकले ३-३ स्वर्ण पदक जितेका छन् ।

त्यस्तै डेनमार्क, अजरबैजान, क्रोसिया, क्युबा, बहारान, स्लोभेनिया, चाइनिज ताइपेइ, अस्ट्रिया, हङकङ, फिलिपिन्स, अल्जेरिया, इन्डोनेसियाले २-२ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी इजरायल, पोल्याण्ड, काजकिस्तान, जमैका, दक्षिण अफ्रीका, थाइल्याण्ड, इथोपिया, स्वीजरल्याण्ड, इक्वेडर, पोर्चुगल, ग्रीस, अर्जेन्टिना, इजिप्ट, ट्युनिसिया, बोट्सवाना, चिली, सेन्ट लुसिया, युगाण्डा, ग्वाटेमाला, मोरक्को, डोमीनिका, पाकिस्तानले एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी टर्की, मेक्सिको, अर्मेनिया, कोल्मबिया, काजकिस्तान, उत्तर कोरिया, लिथुआनिया, कोसोभो, साइप्रस, फिजी, जोर्डन, मंगोलिया, पानामा, ताजकिस्तान, अल्बानिया, ग्रेनाडा, मलेसिया, पुरेटो रिको, काबो भेर्डो, रिफ्युजी ओलम्पिक टिम, पेरु, कतार, सिंगापुर, स्लोभाकिया र जाम्बियाले पेरिस ओलम्पिकमा पदक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा