२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी-२० क्यानडा:- रोहितको टिम टोरोन्टो नेसनल्सले जित्यो उपाधि

२०८१, २८ श्रावण सोमबार ०३:२७

साउन २८, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल आबद्ध टिम टोरोन्टो नेसनल्सले  ग्लोबल टी-२० क्यानडाको उपाधि जितेको छ।

गएराति भएको फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्समाथि ८ विकेटको शानदार जित निकालेको हो।

टाइगर्सले प्रस्तुत गरेको ९७ रनको लक्ष्य टोरोन्टोले २ विकेटको क्षतिमा १५ ओभरमै पुरा गर्यो। रोहित सुरुवाती ११ मा नअटाएको  खेलमा एन्ड्रिज गौसले नटआउट अर्धशतक बनाए। उनले ४९ बल खेली  ८ चौकाको मद्दतमा ५८ रन बनाए भने रसिभ भान डरले नटआउट ३० रन जोडे। कप्तान कोलिन मुनरो शून्यमा आउट हुँदा उन्मुक्त चन्दले चार रन जोडेका थिए।

टाइगर्सका लागि अजमातुल्लाह उमरजाई र कोर्बिन बोशले १-१ विकेट लिएका थिए।

यस आघि टस हारेर सुरुमा ब्याटिङ गरेको टाइगर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन बनाएको थियो। टिमका लागि कोर्बिन बोशले सर्वाधिक ३५ रन बनाए। जसकरण सिंहले १६, अनुप रविले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

टाइगर्सलाई सस्तैमा समेट्न टोरोन्टोका लागि जेसन बेहरेन्डोर्फले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, रोमारियो शेफर्डले २ विकेट, जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्द्रपाल मथारुले समान १-१ विकेट लिएका थिए ।

फाइनलमा नेपालका कप्तान पौडेललाई भने आराम दिइएको थियो। ब्याटिङ अलराउण्डर रोहितले राम्रो ब्याटिङ गर्न नसके पनि उनको फिल्डिङको चर्चा लिगमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति