मङ्सिर ३, काठमाडौँ । यही मङ्सिर दोस्रो हप्तादेखि हुने महिला एसिया कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ । यही मङ्सिर दोस्रो हप्तादेखि हुने महिला एसिया कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । 

"/>
2026-06-24 03:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला एसिया कपका राष्ट्रिय क्रिकेट टोलीको घोषणा

2016-11-18

मङ्सिर ३, काठमाडौँ । यही मङ्सिर दोस्रो हप्तादेखि हुने महिला एसिया कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । 

नेपाली टोलीका प्रशिक्षक, कप्तान तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि सम्मिलित छनोट समितिले आज १५ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेकाले टोली छनोटमा आइसिसीको रहँदै आएको छ । 

टोलीको नेतृत्व नियमित कप्तान रुविना क्षेत्रीले गर्नेछिन् । अन्य सदस्यमा इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मि शर्मा चौलागाईं, रोशनी बोहरा, सवनम राई, सीता मगर, सरस्वतीकुमारी चौधरी र सीता राना मगर छन् । 

गत महिना सम्पन्न छनोट प्रतियोगिता खेलेकी शर्मिला शाही घाइते बनेपछि उनका स्थानमा सङ्गीता राई टोलीमा अटाएकी छन् । त्यस्तै अघिल्लो प्रतियोगितामा नभएकी शोभा आलेलाई पनि टोलीमा तानिएको छ । 

मङ्सिर ११ देखि १९ गतेसम्म थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मङ्सिर ११ मा पाकिस्तानसँग खेल्नेछ । त्यस्तै १३ गते श्रीलङ्का, १४ गते बङ्गलादेश, १६ गते आयोजक थाइल्यान्ड र १७ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे