प्रकाश धौलाकोटी/मङ्सिर १८, तेह्रथुम । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि मंसिर २० गतेबाट पुर्वाञ्चलका विभिन्न जिल्लाहरुमा हुन लागेको क्षेत्रीय खेलकूद प्रति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/मङ्सिर १८, तेह्रथुम । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि मंसिर २० गतेबाट पुर्वाञ्चलका विभिन्न जिल्लाहरुमा हुन लागेको क्षेत्रीय खेलकूद प्रति"/>
2026-08-17 01:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्षेत्रीय खेलकूदकालागि तेह्रथुमको १ सय ७ सदस्यीय टोलीलाई विदाई, कुन खेलमा को–को खेल्दैछन् ?

प्रकाश धौलाकोटी/मङ्सिर १८, तेह्रथुम । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि मंसिर २० गतेबाट पुर्वाञ्चलका विभिन्न जिल्लाहरुमा हुन लागेको क्षेत्रीय खेलकूद प्रतियोगिताकालागि तेह्रथुमका अफिसियलसहित १ सय ७ जनाको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । 

विहीबार जिल्ला विकास समिति परिसरमा एक कार्यक्रमका बीच सो टोलीलाई विदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको कार्यक्रममा खेलाडीहरुलाई तेह्रथुम लेखिएको जर्सी हस्तान्तरण गर्दै प्रतियोगितामा सफलताको कामनासहित विदाई गरिएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्की, एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष अनुभूतिबम नेपाली र पुर्वजिविस सभापति किशोरचन्द्र दुलाल लगायतले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिए । 

खेलकुद विकास समितिका अध्यक्ष केशव भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा खेलाडी तथा प्रशिक्षकहरुले जिल्लामा खेल क्षेत्रको विकासमा उल्लेख्य चासो नदिइएको भन्दै गुनासो गरेका थिए । प्रतियोगिताकालागि तेह्रथुम जिल्लाबाट एथलेटिक्स, भलिबल, कराँते, तेक्वान्दो, व्याडमिन्टन, टेवलटेनिस र चेस खेलमा गरी ८१ जना खेलाडी छानिएका छन् ।

 मंसिर २० देखि पुर्वान्चलका मोरङ, झापा, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, पाँचथर, धनकुटा र ताप्लेजुङका विभिन्न ठाउँहरुमा हुने छनौट प्रतियोगिता मंसिर ३० गतेसम्म चल्नेछ । प्रतियोगिताकालागि जिल्ला खेलकूद विकास समितिको निर्णयबमोजिम अफिसियलसहित १ सय ७ जनाको टोली तयार भएको अध्यक्ष भट्राईले जानकारी दिए । 

प्रतियोगितामा पुर्वान्चल विकास क्षेत्रका १६ जिल्लाबाट उत्कृष्ट खेलाडीहरु छनौट हुनेछन् । लामो समयदेखि पुर्वान्चलका यीनै विभिन्न जिल्लाहरुमा हुने भनिएको सातौं राष्ट्रिय खेलकूद प्रतियोगिता पटक–पटक मिति सारेर बल्ल पौष ७ गतेबाट हुने निश्चित भएको छ । 

कुन खेलमा को–को खेल्दैछन् ?

१. एथलेटिक्स

सुनसरीको इटहरी रंगशालामा २० गतेदेखि २३ गतेसम्म हुने एथलेटिक्स खेलहरुमा सहभागिताकालागि तेह्रथुमका पुरुषतर्फ ४ र महिलातर्फ ६ गरी १० खेलाडी छनौट भएका छन् । जसमा पुरुषतर्फ उमेश कन्दङवा, कुमार डाँगी, अगमबहादुर लिम्बु र संयोग गुरुङ छन् । महिलातर्फ टिका खवास, आशा राई, डिकमाया भुजेल, सिर्जना लिम्बु, मञ्जु पुरी र मञ्जु लिम्बु छानिएका छन् । एथलेटिक्स्को व्यवस्थापक खेविस कोषाध्यक्ष नरेन्द्र ईङनाम र प्रशिक्षक अनिल नेपाल छन् । 

२. व्याडमिन्टन

धनकुटामा मंंसिर २० गतेदेखि २३ गतेसम्म हुने व्याडमिन्टन क्षेत्रीय प्रतियोगितामा तेह्रथुममा पुरुषतर्फ ६ जना र महिलातर्फ ४ जना गरी १० जना खेलाडी छनौट भएका छन् । जसमा पुरुषतर्फ नविनकुमार लिम्बु, तेजबहादुर खड्का, शम्शेरबहादुर मगर, सोवितराज लिम्बु, नवीन सिलवाल र विवेक कन्दङवा छन् । महिलातर्फ लक्ष्मी तामाङ, राधा फोम्बो, अञ्जु तामाङ र लिना लिम्बु छानिएका छन् । खेलकालागि तेह्रथुम टिमको व्यवस्थापक सन्तोष ढुंगाना र प्रशिक्षक स्वयम् सिंजागु छन् । 

३. तेक्वान्दो

उदयपुरको कटारी गाईघाटमा मंसिर २७ देखि २९ गतेसम्म सन्चालन हुने क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा तेह्रथुमका ८ पुरुष र ७ महिला गरी १५ जना सहभागी हुनेछन् । जसमा शिशिर कन्दङवा, मिलन मिश्र, प्रदिप कन्दङवा, महान कन्दङवा, रोजन उप्रेती, रमेश तिवारी, निराजन सिलवाल र युवराज पौडेल तथा महिलातर्फ नेत्रमाया कन्दङवा, बसन्ती कन्दङवा, सुस्मिता लिम्बु, शारदा कन्दङवा, भगिरथटा भुषाल, जुनी कन्दङवा र बेनिजा शिवा सहभागी हुनेछन् । तेक्वान्दो खेलकालागि प्रशिक्षक सुरेन्द्र थपलिया र व्यवस्थापक निकास थपलिया छन् । 

४. कराँते

मोरङको विराटनगरमा रहेको कवर्डहलमा हुने कराँते खेलमा तेह्रथुमबाट पुरुषतर्फ ११ र महिलातर्फ १० गरी २१ जना खेलाडी छनौट भएका छन् । जसमा पुरुषतर्फ चन्द्रबहादुर धिमाल, युनिक आचार्य, प्रवेश कार्की, सुनिल थापा, रमेश चौहान, सलबहादुर तामाङ, रमेश बाग्दाश, राजकुमार राई, मनकुमार राई, निरज श्रेष्ठ र हरिबहादुर थापा छन् भने महिलातर्फ नविना पाहिम, श्रद्धा तामाङ, सेमिसा लिम्बु, आइसा खापुङ, बन्दना भण्डारी, श्रृष्टि ल्वागुन, निशा लिम्बु, आयुशा राई, अर्पणा भेटुवाल र सुमिना राई छनौट भएका छन् । कराँते खेलमा तेह्रथुमबाट व्यवस्थापक खेलकुद विकास समितिका सचिव श्यामहरि निरौला र प्रशिक्षक राजेन्द्र बराल छन् । 

५. भलिबल

भलिबल खेलको क्षेत्रीय प्रतियोगितामा तेह्रथुमबाट महिला र पुरुषगरी २० जना खेलाडी सहभागी हुन जाँदैछन् । २० मंसिर देखि २३ सम्म ताप्लेजुङमा हुने महिला भलिबलमा तेह्रथुमका गंगा तामाङ, जमुना तामाङ, विमला मगर, विनिता लिम्बु, सपना लिम्बु, भारती याक्खा, कमला मगर, इन्दिरा कार्की, सोनिया कुरुम्बाङ र श्रृजना लिम्बु सहभागी बन्दैछन् । 

झापाको सुरुङ्गामा २६ मंसिरदेखि ३० सम्म हुने पुरुष भलिबलमा तेह्रथुमबाट सुरेश खड्का, प्रताप खड्का, सन्दीप खड्का, भुपेन्द्र विक, होमबहादुर निरौला, कृष्णबहादुर स्याङवा, सन्तोषकुमार तामाङ, योगेन्द्र खवास, लक्ष्मीप्रसाद कार्की र कुमार बस्नेतको टिम सहभागी बन्नेछ । भलिबल खेलकालागि व्यवस्थापक खेलकुद विकास समितिका अध्यक्ष केशव भट्टराई र प्रशिक्षक टिकाराम खुलाल छन् । 

६. बुद्धिचाल (चेस)

मंसिर २५ देखि २८ सम्म फिदिम पाँचथरमा हुने बुद्धिचाल क्षेत्रीय प्रतियोगितामा तेह्रथुमका लक्ष्मीप्रसाद कन्दङवाले खेल्दैछन् । 

७. टेवल टेनिस

मंसिर २२ मंसिर देखि २३ गतेसम्म मोरङको विराटनगरमा हुने टेवल टेनिस क्षेत्रीय खेलकूद प्रतियोगितामा तेह्रथुमका चार जना खेलाडी सहभागी बन्नेछन् । जसमा पुरुषतर्फ मन्जिल कन्दङवा र उद्धिम उप्रेती तथा महिलातर्फ लक्ष्मी तामाङ र सुमित्रा तामाङ छन् । टेवलटेनिसको व्यवस्थापकको रुपमा खेविस सचिव श्यामहरि निरौला जाँदैछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट