2026-10-14 07:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सातौँ राष्ट्रिय खेलकुदमा सुदुर पश्चिमबाट ४ सय ९२ खेलाडी

मङ्सिर ३०, भीमदत्तनगर । आगामी पुस दोस्रो सातादेखि विराटनगरमा हुने बृहत् सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट चारसय ९२ जना खेलाडी सहभागी हुने भएका छन् ।

सुदूरपश्चिममा विभिन्न २१ वटा खेलबाट महिला तथा पुरुष खेलाडी छनौट गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, धनगढी, कैलालीले जनाएको छ । “मङ्सिर २२ देखि २८ गतेसम्म यहाँ २१ वटा खेलका खेलाडी छनौट गरिएको थियो”, सुदूरपश्चिम क्षेत्रीय समितिका कार्यालय प्रमुख प्रेम मल्लले रासससित भन्नुभयो–“यहाँबाट छनौट भएका खेलाडीको नामावली सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालयमा पठाइनेछ ।” 

उहाँले सातौँ राष्ट्रिय खेलकुदमा खेलाडी र अफिसियल गरेर ६ सय चारजना सुदूरपश्चिमबाट सहभागी हुने जानकारी दिनुभयो । सुदूरबाट क्रिकेट, बक्सिङ, भलिबल, हक्की, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, खोखो, एथ्लेटिक्स, भारोत्तोलन लगायतका खेलका खेलाडी छनौट भएका छन् । “समूहगतबाट खेलाडी छनौट गर्न छनौट समितिसमेत बनाएका थियौँ”, क्षेत्रीय कार्यालय प्रमुख मल्लले भन्नुभयो । 

राष्ट्रिय खेलकुद परिषद्ले सुदूरपश्चिममा खेलाडी छनौटका लागि रु एक करोड ७४ लाख रकम पठाएको समेत क्षेत्रीय समितिले जनाएको छ । यहाँको कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, बझाङ र बाजुरा जिल्लामा क्षेत्रीय खेलाडी छनौट गरिएको थियो । 

त्यसैगरी, सातौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलाई आवतजावत गर्न बस भाडासँगै खेल पोसाक र प्रतियोगिताका बेला प्रतिदिन रु एकहजार चारसय भत्तासमेत दिने व्यवस्था मिलाइएको मल्लले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश