२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप लिग–२ सिरिजका लागि अमेरिकी टिम घोषणा

२०८१, ८ कार्तिक बिहीबार १४:४५

काठमाडौं | आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजका लागि आयोजक अमेरिकाले टिम घोषणा गरेको छ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।

अमेरिकाले ब्याटर आरोन जोन्स र तीव्र गतिका बलर अलि खानलाई भने टिममा मौका दिएन । उनीहरूले हालै नेपालसँगको टी–२० सिरिजमा खराब प्रदर्शन गरेका थिए । अलि र जोन्सको स्थानमा शेडले भ्यान शाल्कविक र स्मिथ पटेलले मौका पाएका छन् ।

लिग–२ सिरिजमा अमेरिकाले भोलि (शुक्रबार) स्कटल्याण्डसँग खेल्नेछ । यस्तै, नेपालले पहिलो खेलमा ११ कात्तिकमा अमेरिकासँग खेल्ने तालिका छ । यस्तै, नेपालले कात्तिक १३ मा स्कटल्याण्डसँग तथा कात्तिक १७ मा अमेरिकासँग खेल्नेछ ।

श्रृंखलाको अन्तिम तथा चौथो खेलमा नेपालले कात्तिक १९ मा स्कटल्याण्डको सामना गर्ने तालिका छ ।

लिग–२ का अमेरिकाको टिम : मोनांक पटेल (कप्तान), सौरभ नेत्रावल्कर, एन्ड्रिज गौस, साइतेजा मुक्कामला, जसदीप सिंह, नोस्थुस केन्जिगे, शेडले भ्यान शाल्कविक, सायन जाहाँगिर, हरमीत सिंह, स्मिथ पटेल, सुशान्त मोदानी, मिलिन्द कुमार, उत्कृष श्रीवास्तव, यासिर मोहम्मद र जुवनोय ड्रासडेल ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध