१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप लिग–२ सिरिजका लागि अमेरिकी टिम घोषणा

८ कार्तिक २०८१, बिहीबार १४:४५

काठमाडौं | आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजका लागि आयोजक अमेरिकाले टिम घोषणा गरेको छ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।

अमेरिकाले ब्याटर आरोन जोन्स र तीव्र गतिका बलर अलि खानलाई भने टिममा मौका दिएन । उनीहरूले हालै नेपालसँगको टी–२० सिरिजमा खराब प्रदर्शन गरेका थिए । अलि र जोन्सको स्थानमा शेडले भ्यान शाल्कविक र स्मिथ पटेलले मौका पाएका छन् ।

लिग–२ सिरिजमा अमेरिकाले भोलि (शुक्रबार) स्कटल्याण्डसँग खेल्नेछ । यस्तै, नेपालले पहिलो खेलमा ११ कात्तिकमा अमेरिकासँग खेल्ने तालिका छ । यस्तै, नेपालले कात्तिक १३ मा स्कटल्याण्डसँग तथा कात्तिक १७ मा अमेरिकासँग खेल्नेछ ।

श्रृंखलाको अन्तिम तथा चौथो खेलमा नेपालले कात्तिक १९ मा स्कटल्याण्डको सामना गर्ने तालिका छ ।

लिग–२ का अमेरिकाको टिम : मोनांक पटेल (कप्तान), सौरभ नेत्रावल्कर, एन्ड्रिज गौस, साइतेजा मुक्कामला, जसदीप सिंह, नोस्थुस केन्जिगे, शेडले भ्यान शाल्कविक, सायन जाहाँगिर, हरमीत सिंह, स्मिथ पटेल, सुशान्त मोदानी, मिलिन्द कुमार, उत्कृष श्रीवास्तव, यासिर मोहम्मद र जुवनोय ड्रासडेल ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव