१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएल: शिखर धवन र सुरेश रैनासहित १५ क्रिकेटरले पठाए नाम, तीन करोड भारुसम्मकाे डिमान्ड !

९ कार्तिक २०८१, शुक्रबार १४:३१

काठमाडौं | नेपालकै सबैभन्दा महँगो र प्रतिष्ठित क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा भारतीय चर्चित क्रिकेटरहरूले सहभागी हुन चासो देखाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)लाई पूर्व भारतीय क्रिकेटर शिखर धवन, सुरेश रैना, र दिनेश कार्तिकसहितका नामहरू पठाइएको छ। एनपीएलका लागि आठ क्लबलाई यी खेलाडीहरूको सूची उपलब्ध गराइएको छ।

धवन र रैनाले एनपीएल अवधिभर खेल्नेगरी करिब तीन करोड भारतीय रुपैयाँ पारिश्रमिकको माग गरेका छन्। यससँगै, १५ जना पूर्व भारतीय खेलाडीहरूले एनपीएल खेल्न चासो देखाएका छन्। उनीहरूमध्ये रोबिन उत्थप्पा, मोहम्मद कैफ, अम्बाति रायडु, केदार जादव, स्टुअर्ट बिन्नी, अमित मिश्र, र आरपी सिंहजस्ता अनुभवी खेलाडीहरू समावेश छन्, जसले पूर्वमा भारतीय राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन्।

क्यानले खेलाडीहरूलाई पारिश्रमिकका आधारमा वर्गीकरण गरेको छ, जसमा ५० हजार डलरभन्दा माथिको पारिश्रमिक चाहने खेलाडीहरू ‘ए’ श्रेणीमा, २५ हजार डलरभन्दा माथिको चाहने खेलाडीहरू ‘बी’ श्रेणीमा, र ५ हजार डलरभन्दा माथिको चाहने खेलाडीहरू ‘सी’ श्रेणीमा राखिएका छन्। अधिकांश फ्रेन्चाइज टोलीहरूले ‘बी’ र ‘सी’ श्रेणीका खेलाडीहरूको लागि पहल गरिरहेका छन्।

एनपीएलले नेपालमा खेलाडीको विकासका लागि एक महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ, जसले घरेलु क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने आशा गरिएको छ। आईपीएलमा ख्यातिप्राप्त खेलाडीहरू र कप्तानी गरिसकेका पूर्व भारतीय खेलाडीहरूको एनपीएलमा सहभागिता, यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय प्रतिष्ठासम्म पुर्याउन मद्दत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव