१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दिप लामिछाने महँगो बन्दा नेपाल अमेरिकाद्वारा ३ विकेटले पराजित

१२ कार्तिक २०८१, सोमबार ०५:१२

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित बनेको छ । आजको खेलमा सन्दिप लामिछानेले ९ ओभरको खेल खेल्दै बिना विकेट सर्वाधिक ६३ रन खर्चिएर नेपालको बलिङ अर्डरमा महँगो सावित भए । आजको खेल हार्नमा कप्तान रोहित पौडेलको बलिङ अर्डर व्यवस्थापनमा भएको कमजोरीलाई पनि दोषी मानिएको छ ।

अमेरिका बिरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले घरेलु टोली समेत रहेको अमेरिकालाई २८७ रनको लक्ष्य दिएको थियो । जसलाई समेट्ने क्रममा अमेरिकाले खेलको अन्तिम २ बल बाँकी छँदा चौका प्रहार गर्दै लक्ष्य भेट्न सफल भयो ।

खेलको ४८ औं ओभर सकिदा अमेरिकाले ६ विकेटको क्षेतीमा खेलिरहेको थियो । उसले नेपाललाई जित्नको लागि अन्तिम दुई ओभरमा १७ रन बनाउनु पर्ने थियो । खेलमा कप्तान रोहित पौडेलले बलिङको लागि सन्दिप लामिछानेलाई नै पठाए । जसमा अमेरिकाका ब्याट्सम्यानहरुले स्ट्राइक रोट्रेट गर्दै १२ रन बनाएर खेल अन्तिम ओभरको लागि निकै सहज बनाए ।  अन्तिम ओभरमा अमेरिकालाई जितको लागि चाहिएको ५ रन रोक्न आएका सोमपाल कामीले  पहिलो बलमा १, दोश्रोमा डट, तेश्रोमा २ र चौथो बलमा ४ रन बनाउन दिँदा अमेरिकाले अन्तिम दुई बल बाँकी छँदै नेपालबिरुद्धको खेल जित्न पुग्यो ।

खेलमा अमेरिकाको लागि सायन जहन्गीरले सर्वाधिक १०४ रन बनाएर सतकीय पारि खेले । उनले ४ छक्का र १२ चौका प्रहार गर्दानै नेपालमाथि अमेरिका हावी देखिएको थियो । खेलमा जहन्गीर र मोनाङ्क पटेलले महत्वपूर्ण साझेदारी गर्दै अमेरिकालाई सुरुवातदेखिनै बलियो बनाएका थिए । खेलको चौथो ओभरमा विकेट लिएको नेपालले दोश्रो विकेटको लागि २९ औं ओभरसम्म सामना गर्नुपरेको थियो । खेलको २९.५ ओभरको खेलमा नेपालको लागि ललित राजबंशीले अमेरिकाको फराकिलो साझेदारी तोड्दै नेपाललाई खेलमा फर्काएका थिए । यो अवस्थासम्म अमेरिकाले नेपालबिरुद्ध एक विकेटको क्षेतिमा १६५ रन जोड्न सफल भईसकेको थियो ।

खेलमा ललितले महत्वपूर्ण दोश्रो विकेट लिएपछि तेश्रो विकेट ३२ औं ओभरको पहिलो बलमा कुशल भुर्तेलले लिए । उनले सतकीय पारी खेलेर नेपालबिरुद्ध घातक बन्दै गएका सायन जहन्गीरको विकेट लिएका थिए । त्यसपछि ३४ औं ओभरको तेश्रो र चौथो बलमा कुशल भुर्तेलले लगातार दुई विकेट लिएर नेपाललाई खेलमा फिर्ता ल्याएका थिए ।

खेलमा ३६ औं ओभरको ५ औं बलमा उनै कुशल भुर्तेलले अर्को विकेट लिँदै नेपालको कब्जामा खेल ल्याउन योगदान गरेका थिए । त्यसपछि भने नेपालले खासै राम्रो पर्दर्शन गर्न सकेन । एकोहोरो स्पिनरलाई बलिङ गराउने क्रममा कप्तान रोहित पौडेल आफ्नै बलिङमा महँगो सावित बन्न पुगे । खेलको ४७ औं ओभरमा बलिङ गर्न आएका सोम्पाल कामीले विकेट लिएर नेपालको जीतको लागि केहि आशा जगाए पनि त्यसपछि आएका सन्दिप लामिछानेले १२ रन खर्चिएर अमेरिकाको पक्षमा खेल जान पुग्यो । अन्तिममा ५ रन मात्र चाहिएको अमेरिकाले दुई बल बाँकी छँदै नेपाल बिरोद्ध ३ विकेटको जित दर्ता गर्न सफल भएको हो ।

खेलमा नेपालका लागि कुशल भुर्तेलले ६ ओभरको खेल खेल्दै २३ रन मात्र दिएर महत्वपूर्ण ४ विकेट लिए । सोमपाल कामीले ६ .४ ओभर खेल्दा ३७ रन खर्चिएर २ विकेट लिए । त्यस्तै ललित राजबंशीले  ८ ओभरको खेलमा २९ रन मात्र दिएर १ विकेट लिए । ३ ओभर मात्र खेलेका गुल्शन झाले ३२ रङ खर्चिदा कप्तान रोहित पौडेलले २ ओभरमा १७ रन दिए । त्यस्तै करण केसीले ५ ओभरको खेल खेल्दै ३४ रन दिए । त्यस्तै ९ ओभर खेलेका दिपेन्द्र सिंह ऐरीले ४७ रन दिए ।

नेपालको खेलमा कप्तान रोहित कुमार पौडेलको ९६ रन र ओपनरद्वय अनिल शाह र आसिफ शेखको अर्धशतकमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८६ रन बनाए ।

कप्तान रोहित इनिङको अन्तिम बलमा आउट गर्दा नेपाल अल आउट बन्न पुगेको थियो  । उनी ओडिआईमा करियरको दोस्रो शतक बनाउनबाट चार रनले मात्र चुके । रोहितले ७५ बल खेल्दै ८ चौका र ३ छक्का मदतमा सर्वािधक ९६ रन बनाएका हुन् ।

त्यसअघि अनिल र आसिफले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अनिलले ६२ बल खेल्दै ५ चौका मदतमा ५६ रन बनाए । आसिफले ५३ बल खेल्दा ७ चौका र १ छक्का प्रहनर गर्दै ५२ रन जोडे । यस्तै आरिफ शेखले ३७ रन बनाए । चौथो विकेटका लागि कप्तान रोहित र आरिफले ५६ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गरेका कुश भुर्तेल ११ र दीपेन्द्र सिंह ऐरी १३ रन बनाएर आउट भए ।

टप अर्डरले राम्रो ब्याटिङ गर्दा नेपालले पूरै ५० ओभर ब्याटिङ गर्दै राम्रो स्कोर बनाउन सफल एको थियो । लोअर अर्डले भने रन जोड्न सकेनन् । गुल्सन झा १, सोमपाल कामी २, सन्दीप लामिछाने ५ र करण केसी ३ रनमा आउट भए । ललित राजवंशी १ रनमा अविजित रहे ।

अमेरिकाको लागि नोसथुस केन्जिगेले ४ तथा सौरभ नेत्रभाल्करले २ विकेट लिए ।

२०२४-२७ को ओडिआई साइकलमा लिग टु मा नेपालले उत्कृष्ट ब्याटिङ गरेको खेल यही हो । यसअघि घरेलु मैदानमा भएको पहिलो लिग टु सिरिजमा नेपालले चार मध्ये एक खेल जितेको थियो । गत महिना क्यानडा भएको लिग टु सिरिजमा नेपाल जितविहिन बनेको थियो । त्यसैले नेपालका लागि अमेरिकामा भइरहेको लिग टु सिरिज लयमा फर्कन महत्वपूर्ण छ । लिग टु अघि अमेरिका विरुद्ध तीन खेलको टी२०आई सिरिज क्लिन स्वीप गरेको नेपालले ओडीआईको पर्दर्शनमा भने आफ्नो लय गुमाउन पुग्दा जितिसकेको खेल हार्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का