साउन ६, काठमाडौं । यू-१९ विश्वकपको एसियाली छनोटमा नेपाल सिंगापुरसँगको दोस्रो खेलमा पनि विजयी भएको छ । आयोजक सिंगापुरलाई २२ रनले हराउँदै नेपालले प्रतियोगिताम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ६, काठमाडौं । यू-१९ विश्वकपको एसियाली छनोटमा नेपाल सिंगापुरसँगको दोस्रो खेलमा पनि विजयी भएको छ । आयोजक सिंगापुरलाई २२ रनले हराउँदै नेपालले प्रतियोगिताम"/>

2026-07-25 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू-१९ विश्वकप छनोट: सिंगापुरमाथि नेपालको सानदार जित


साउन ६, काठमाडौं । यू-१९ विश्वकपको एसियाली छनोटमा नेपाल सिंगापुरसँगको दोस्रो खेलमा पनि विजयी भएको छ । आयोजक सिंगापुरलाई २२ रनले हराउँदै नेपालले प्रतियोगितामा तेस्रो जित हात पारको हो । 

इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपाल ४६.५ ओभरमा १ सय ६८ रनमा अलआउट भएको थियो । जवाफमा आएका सिंगापुरलाई पनि त्यत्ति नै ओभरमा १ सय ४६ रनमा अलआउट गरी नेपालले विजय हात पारेको हो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए । यस्तै सन्दिप सुनारले २६ तथा प्रकाश केसीले २३ रन बनाए ।

सिंगापुरका बिक्रमवीर विश्वरायले तीन तथा सुनिल आर्यमन र आहन गोपिनाथले दुई दुई विकेट लिए । 

जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ४६ दशमलव ५ ओभरमा अल आउट भयो । सिंगापुरका लागि रोहन रांगार्जनले २३, सिन अग्रवालले २१, सिद्धान्तले २५, युवराज सिंहले १९, हान्सुल दिपले ३२ रन बनाउनु बाहेक अरुले दोहोरो अंक बनाउन सकेनन् । 

नेपालका लागि कप्तान सन्दिप लामिछानेले ४ विकेट, किशोरी महतोले २ विकेट, दिपेन्द्रसिंह ऐरी २ विकेट र पवन सर्राफले २ विकेट लिए । 

बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भएपछि नेपालको छनोट यात्रा कठिन बनिसकेको छ । अफगानिस्तानले लगातार चौथो विजय हात पार्नेक्रममा शुक्रबार १० विकेटले पराजित गर्‍यो । नेपालभन्दा अफगानिस्तान रन रेटमा पनि निकै माथि छ । सिंगापुरमा भइरहेको प्रतियोगिताको डबल राउन्ड रोबिन लिगको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल