2026-07-25 10:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिभालाई युरोपमा प्रशिक्षणको मौका

मुना कार्की। भदौ २२, काठमाडौँ। राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा मालीले नेदरल्याण्डमा प्रशिक्षण लिने मौका पाएकी छन् । 

नेदरल्यान्ड भलिबल सङ्घले तीन साताको प्रशिक्षणका लागि मालीलाई निमन्त्रणा पठाएको नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । 

गत महिना मात्र नेपाल भ्रमणमा आउनुभएका नेदरल्यान्ड भलिबल सङ्घका विकास प्रबन्धक पिटर भ्यान तरेलले प्रतिभालाई प्रशिक्षणका लागि निमन्त्रणा पठाउनुभएको हो । 

महासचिव चन्दले राष्ट्रिय खेल भएकाले व्यक्तिगत मात्र नभई भलिबल खेलको विकासका लागि उक्त प्रशिक्षणले सघाउ पुग्ने बताउनुभयो । उहाँका अनुसार माली त्यहाँ रहँदासम्मको सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्नेछ । 

काठमाडौँको नैकाप तीनथानाकी माली अहिले १६ वर्षकी भइन् । सानै उमेरमा भलिबल खेलमा चर्चा कमाउन उनी सफल भइन् । तेह्र वर्षको उमेरदेखि नै राष्ट्रिय टोलीबाट भलिबलमा डेब्यु गरेकी मालीले त्यसयता निरन्तर टोलीमा सहभागी छिन् । उनी राष्ट्रिय टोलीकी सबैभन्दा कान्छी खेलाडी समेत हुन् । 

न्यू डायमण्ड एकेडेमीकी उत्पादन मालीले नेदरल्यान्डमा व्यावसायिक प्रशिक्षण लिनेछिन् । उनले आगामी असोज ६ गतेदेखि २८ गतेसम्म प्रशिक्षण लिने कार्यक्रम तय भएको महासचिव चन्दले जानकारी दिनुभयो । 

राष्ट्रिय टोलीको सदस्य मालीले उक्त अवसर पाएकामा खुशी व्यक्त गर्दै प्रशिक्षणले भलिबल खेलको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सहास स्पोर्टस्की ब्राण्ड एम्बासडरसमेत रहेकी मालीलाई केही दिनअघि मात्र युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको थियो । 

त्यस्तै माली नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही भदौ २६ गते हुने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत उत्कृष्ट युवा खेलाडी विधाको मनोनयनमासमेत परेकी छन् । 

नेपाली भलिबल टोलीका प्रशिक्षक जगदीशप्रसाद भट्टले माली प्रतिभावान् खेलाडी भएकै कारण उक्त प्रशिक्षणका लागि छनोट भएको बताउनुभयो । प्रतिभाले सबैभन्दा कम उमेरमा भलिबलमा उल्लेखनीय उपलब्धि हासिल गरेको उहाँको भनाइ छ । “अझै १०÷१५ वर्षसम्म राष्ट्रिय टोलीबाट खेल्ने सम्भावना छ, नेदरल्याण्डको प्रशिक्षणबाट नेपालको समग्र भलिबललाई फाइदा पुग्नेछ,” मालीको खेलको प्रशंसा गर्दै प्रशिक्षक भट्टले भन्नुभयो । 

मालीको प्रशिक्षणले माहिला भलिबल खेलको विकासमा टेवा पुग्ने भन्दै उहाँले अन्य खेलाडीलाई समेत प्रेरणा मिल्ने बताउनुभयो । नेपालको भलिबल खेलमा सहयोग गर्ने विषयमा नेदरल्यान्ड भलिबल सङ्घ र नेपाल भलिबल सङ्घबीच गत महिना काठमाडौँ सम्झौता भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ