२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने

२०७४, २४ भाद्र शनिबार ०६:४४

भदौ २४, पोखरा । पोखरा रंगशालामा यही भदौ २६ देखि असोज ७ गतेसम्म नेपालमै पहिलोपटक पोखरामा अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने भएको छ । 

कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा हुने सो प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका सिनियर टेनिस खेलाडीको सहभागिता रहने छ । 

पहिलो सिप्mट भदौ २६ देखि ३१ गतेसम्म, दोस्रो सिप्mट असोज २ देखि ७ गतेसम्म हुने आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विनोद कायस्थले जानकारी दिनुभयो । 

पोखराको पर्यटन प्रवद्र्धनमा यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथिका खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ । 

नेपालका पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, मनोज राना, इन्द्रजीत राई, राजु श्रेष्ठ, भारतका नरेश खत्री, चन्द्रभूषण, दिलीप महत्री, प्रवीनकुमार नायक जस्ता ख्याति प्राप्त खेलाडीको सहभागिता रहने बताइएको छ । 

प्रतियोगितामा झण्डै ८३ जना खेलाडीको सहभागिता रहने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ