असोज २९, तेह्रथुम | तेह्रथुममा अन्तराष्ट्रिय ग्रामीण महिला दिवसको अवसरमा आयोजित खुला महिला दौडको प्रतियोगितामा पत्रकार नरमाया श्रेष्ठ विजयी भएकी छिन् । दुई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २९, तेह्रथुम | तेह्रथुममा अन्तराष्ट्रिय ग्रामीण महिला दिवसको अवसरमा आयोजित खुला महिला दौडको प्रतियोगितामा पत्रकार नरमाया श्रेष्ठ विजयी भएकी छिन् । दुई "/>

2026-09-28 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्रामीण महिला दिवसमा आयोजित दौडमा पत्रकार श्रेष्ठ विजयी


असोज २९, तेह्रथुम | तेह्रथुममा अन्तराष्ट्रिय ग्रामीण महिला दिवसको अवसरमा आयोजित खुला महिला दौडको प्रतियोगितामा पत्रकार नरमाया श्रेष्ठ विजयी भएकी छिन् । दुई किलोमिटर दुरीको सो दौडमा चन्द्रकला तेयुङ द्धितीय र अनुशा राई तृतीय भएका छन् । 

जिल्ला महिला अधिकार मन्चसहित दर्जनौँ अधिकारवादी संघसंस्थाहरुले संयुक्तरुपमा ग्रामीण महिला दिवस मनाएका हुन् । सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि यो दिवस मनाउन थालिएको थियो । 

प्राकृतिक श्रोत र कृषिमा निर्भर ग्रामीण महिलाको जीवनस्तर उकासौँ भन्ने सन्देशसहित मैत्रीपुर्ण महिला खेलकुदको आयोजना गरिएको महिला अधिकार मन्चकी अध्यक्ष इङवा सुब्बाले बताउनुभयो । उत्पादनमुलक कुषिमा महत्वपूर्ण योगदान गर्ने भएकाले ग्रामीण महिलाको अवस्था सुधारका लागि सबै एक भएर लाग्नु पर्नेमा जिल्लाका महिला अधिकारकर्मीहरुले जोड दिएका छन् । 

विश्वको जनसंख्याको एक तिहाई हिस्सा ग्रामीण महिलाकोे छ । तर ती महिला जीविकोपार्जनका लागि प्राकृतिक स्रोत र कृषिमा निर्भर छन् । ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्र संघको तथ्यांक छ । गम्भीर गरिबीमा रहेका मध्ये ७६ प्रतिशत मानिसको बसोबास ग्रामीण क्षेत्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह