कात्तिक २६, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २६, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेक"/>
2026-07-26 12:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो पटक भारतबिरुद्ध नेपालको ऐतिहासिक जित !

कात्तिक २६, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ ।

नेपालले क्रिकेट इतिहाँसमा भारतलाई जितेको यो नै पहिलो पटक हो । मलेसियाको किनरारा ओभल मैदानमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले ऐतिहासिक जित हासिल गर्‍यो ।

नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १६६ रनमै समेटिएपछि नेपालको १९ रनको जित सम्भव भयो । ब्याटिङमा ८८ रनको कप्तानी पारी खेलेका ऐरीले बलिङतर्फ ४ विकेट लिएपछि भारतको ब्याटिङ पंक्ति धराशायी बनेको हो ।

भारतका कप्तान हिमांशु राना र मनजोत कलराले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे पनि नेपाली बलहरुले अन्य भारतीय ब्याट्सम्यानलाई धेरै समय क्रिजमा टिक्न दिएनन् ।

कमल सिंह ऐरीको बलमा बोल्ड हुनुअघि ओपनर रानाले ४६ रन बनाए । त्यस्तैं कलरालाई ३८ रनको व्यक्तिगत स्कोरमा पवन सर्राफले रोहित कुमार पौडेलको हातबाट क्याच आउट गराए ।

मध्यम ओभरमा नेपाली स्पिनरहरु खेलमा हावी भए । मध्यक्रमका चार ब्याट्सम्यानलाई कप्तान ऐरीले पेविलियनको बाटो देखिएपछि भारतको इनिङ धराशायी बन्यो ।

नेपालका लागि पवन सर्राफ र साहव आलमले २/२ विकेट लिँदा सन्दिप लामिछाने र कमल ऐरीले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान ऐरीको कप्तानी पारीको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । नेपालको सुरुवात राम्रो रहेन । २८ रन जोड्दा नेपालले २ विकेट गुमाइसकेको थियो । आसिफ शेख ३ र अनिल शाह ६ रनमा आउट भए । चौथो नम्बरमा ब्याटिङमा आएका दिपेन्द्रले ओपनर जितेन्द्र सिंह ठकुरीसँग मिलेर नेपालको पारी सम्हाले ।

जितेन्द्र र दिपेन्द्रले तेस्रो विकेटका लागि ४९ रनको साझदारी गरे । जितेन्द्र ३६ रन बनाए । त्यसपछि आएका कुनै पनि ब्याट्सम्यानले दिपेन्द्रलाई साथ दिन सकेनन् । भीम सार्कीले १५ रन जोड्नु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

नेपालको पारी सकिन ८ बल बाँकी छँदा आउट भएका आठौं विकेटका रुपमा आउट भएका दिपेन्द्रले १०१ बलमा ६ चौका र एक छक्काको मदतमा ८८ रन बनाए । कप्तान ऐरी खेलको म्यान अफ द म्याच चुनिए ।

नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिबार बंगलादेशसँग २ विकेटको झिनो हार ब्यहोरेको थियो ।

नेपालले आफ्नो अर्को खेल मंगलबार घरेलु टोली मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ