2026-07-26 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईसीसीले नेपाललाई दियो ५० दिनको समय

माघ २७, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको क्रिकेट बिबाद समाधानको लागि ५० दिनको समय दिएको छ । आइसिसिको बोर्ड बैठकले नेपाल क्रिकेट संघलाई विधान संशोधन गरेर चुनाव गर्न भन्दै ५० दिनको समय दिएको हो ।

यस अघि नेपाल आएको आईसीसीको टोलीले नेपाल क्रिकेट संघको विधानमा देखिएको विवादबारे जानकारी प्राप्त गरेको थियो । आईसीसीको बोर्ड बैठकले नेपाललाई विधान संशोधन गर्न मार्चसम्मको समय दिएको छ । अब निर्वाचित क्यानले तत्काल साधारणसभा बोलाएर सल्लाहकार समूहमा भएको सहमतिअनुसार क्रिकेट संघको विधान संशोधन गर्नु पर्ने हुन्छ ।

सल्लाहकार समूहले बनाएको विधानमा संशोधन गरेको भन्दै आईसीसीले अस्वीकार गरेको थियो । अब विधान संशोधन गर्दा चुनावी साधारणसभामा राखेपबाट ७ जना जाने र निर्वाचित क्यानका १७ जना स्वतः सहभागी हुने व्यवस्था हटाइनेछ ।

आईसीसीले विधान संशोधन भएर मार्च अन्तिमसम्ममा जिल्ला, प्रान्त र केन्द्रको चुनाव भइसक्ने अपेक्षा गरिएको बताएको छ । अहिले ललितपुर र भक्तपुर बाहेक सबै जिल्लाको चुनाव भइसकेको छ । तर, केही जिल्लामा विवाद भए अनुगमन समितिले हेरेर फेरि चुनाव गर्ने सहमति भएको छ ।

आईसीसीले जुनमा हुने आईसीसीको साधारणसभामा नेपालको सदस्यताबारे निर्णय गर्नका लागि यो प्रक्रिया मार्च अन्त्यसम्ममा पूरा हुने अपेक्षा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ