फागुन १, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले चारमध्ये तीन खेल जितेको छ । तर, अझै पनि नेपालका लागि प्रतियोगिताको फाइनल यात्रा सुरक्षित भएको छैन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले चारमध्ये तीन खेल जितेको छ । तर, अझै पनि नेपालका लागि प्रतियोगिताको फाइनल यात्रा सुरक्षित भएको छैन "/>

2026-07-26 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिस्व कप छनोटमा पर्न नेपालले क्यानाडालाई हराउनै पर्ने दबाब


फागुन १, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले चारमध्ये तीन खेल जितेको छ । तर, अझै पनि नेपालका लागि प्रतियोगिताको फाइनल यात्रा सुरक्षित भएको छैन ।

नेपालले भोलि क्यानाडासँग समूह चरणको अन्तिम खेल खेल्दैछ । कठिन प्रतिद्वन्द्वीविरुद्धको यो म्याच नेपालका लागि ‘निर्णायक’ बन्न सक्छ ।

नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाटै विश्वकप छनोटमा स्थान बनाउन चाहन्थ्यो । तर, हङकङसँगको हारसँगै त्यो सम्भावना टर्‍यो । यद्यपि, डिभिजन टूको शीर्ष दुई टोलीले पनि छनोट खेल्ने भएकाले नेपालले आश मारेको छैन ।

ओमानसँग अनेपक्षित हार व्यहारेको नेपालले विश्वकप छनोट खेल्ने सम्भावना कति छ त ?

अंक तालिकामा अहिले क्यानडा र नेपालको समान ६ अंक छ । तर, नेट रन रेटमा क्यानडा अगाडि भएका कारण शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा ।

यूएई र नामिबियाको दुबैको समान ४–४ अंक छ । नामिबियाले त अझ एक खेल कम खेल्न बाँकी नै छ । यस्तो अवस्थामा विश्वकप छनोट खेल्ने सम्भावना क्यानाडा र नेपालको मात्र होइन, यूएई र नामिबियाको पनि छ । केन्या र ओमानको विश्वकप छनोट खेल्ने सम्भावना भने टर्‍यो ।

आज नामिबियाले केन्यासँग खेल्नेछ । भोलि तीन खेल छन्, नेपाल भर्सेस क्यानडा, नामिबिया भर्सेस यूएई र केन्या भर्सेस ओमान ।

यदि नेपालले क्यानडालाई हराउन सक्यो भने अरु परिणाम जे भए पनि, नेपालले फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । किनकी नेपालको ८ अंक हुनेछ र बाँकी टिममा नामिबियाको मात्र ८ अंक पुग्ने सम्भावना कायम छ ।

यदि उसले केन्या र यूएई दुबैलाई हराउन सक्यो भने फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाउँछ ।

तर, क्यानडासँग नेपाल हार्‍यो भने फाइनलमा विश्वकप छनोट खेल्ने सम्भावना लगभग अन्त्य हुनेछ किनकि नेपालको रनरेट कमजोर छ ।

नामिबिया र यूएई एकअर्कासँग भएकाले जुन टिम विजयी भए पनि उसले अघिल्लो चरणमा स्थान बनाउने छ ।

किनकी नेट रनरेट नेपालको भन्दा दुबै टिमको राम्रो छ ।

तर, एउटा गणीतीय सम्भावना छ ।

यदि आज केन्याले नामिबियालाई हरायो र यूएई भर्सेस नामिबियाको खेल वर्षाले विथोलिएर दुबैले अंक बाँडे भने नेपालको सम्भावना रहन्छ ।

तर, ढुक्कसँग विश्वकप छनोटमा स्थान बनाउने हो भने नेपालले क्यानाडालाई नहराई सुख्खै छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ