2026-06-24 04:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पारसले शतक पार गर्दा पनि चुक्यो नेपाल !

फागुन ३, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूको फाइनल खेलमा नेपाल यूएईसँग ७ रनले पराजित भएको छ । २७८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शतक पुरा गरेपनि नेपालका लागि जोडिएको रनले जित पर्याप्त भएन । नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।

खेलमा हारसंगै नेपाल विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेता बनेको छ ।

नेपालका लागि अन्तिम ओभरमा पारसले तीन छक्का हानेका थिए तर, जितका लागि नेपाललाई ८ रन पुगेन । १०३ बलको सामना गरेका पारसले ३ चौका र ८ छक्काको मदतमा अविजित ११२ रन बनाए ।

नेपालको सुरुवात मध्यम रहेपनि पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिलिप नाथले ३८ रनको साझेदारी गरे । नाथ १३ रनमा आउट भए । दुई बलपछि नै ज्ञानेन्द्र पनि व्यक्तिगत २४ रनमा पभेलियन फर्किए । पारसले दिपेन्द्र सिंह ऐरीसँग मिलेर पारी सम्हाले । दुबैले तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । दिपेन्द्र ३५ रनमा आउट भए ।

शरद भेषावकरले ६३ रनको साझेदारी गरे । शरद ३० रनमा पभेलियन फर्किए । आरिफ शेख ७ रनमा आउट भए,जतिबेला टिमको स्कोर १८६ रन थियो । रोहितकुमार पौडेलले छैटौं विकेटका लागि पारससँग ४२ रनको साझेदारी गरे । उनी २३ रनमा आउट भए । त्यसपछि भने ठूलो साझेदारी हुन सकेन ।

पारसले एउटा एण्डमा बसेर आक्रामक पारी खेलेपनि अरु ब्याट्सम्यान टिक्न सकेनन् । बुधबार नायकी प्रदर्शन गरेका करण केसी मात्र ३ रनमा आउट भए सोमपाल कामीले ६ रन मात्र बनाउन सके । बसन्त रेग्मी ५ रनमा अविजित रहे ।

यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २७७ रन बनाएको थियो । युएईका लागि अस्फाक अहमदले ११४ रन जोडे । त्यस्तै रोहन मुस्ताफाले ५१, रामिज शाहाजादले नटआउट ४१, साइमान अनवरले ४० र गुलाम साबेरले १८ रन जोडे । बलिङतर्फ नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे