Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कर्णाली प्रदेश स्तरीय प्रतियोगिता, सुर्खेतलाई टि–ट्वान्टी क्रिकेटको उपाधि

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २६, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक आयोजना गरिएको कर्णाली प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै सुर्खेतले कर्णाली प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेटको उपाधि हात पार्न सफल भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरको कालुङचोक मैदानमा भएको फाईनलमा सुर्खेतले रुकुमलाई ३ विकेटले पाखा लगाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको रुकुमले निर्धारित २० ओबरमा ८ विकेट गुमाएर ११३ रन बनाएको थियो। रुकुमका दिनेश पुनले ५७ रनको अर्धसतक पुरा गर्दा महेश बिष्टले १८ रन वनाएतापनि अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

११३ रनको लक्ष्य पछ्याएर उच्च मनोबलका साथ मैदानमा उत्रिएकोको सुर्खेतले १८ दशमलव ६ ओभरमा ७ विकेट गुमाएर जित भेटायो। सुर्खेतका निश्चल रावलले २९ र सन्देश रावतले २४ को योगदान दिदै खेल आफ्नो पक्षमा पार्न सफल भए । रुकुमका युवराज केसीले ३ र बालाराम बुढाले २ विकेट लिएपनी टोलीलाई जिताउन सकेनन् ।

खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सुर्खेतका ललित प्याकुरेल म्यान अफ म्याच घोषित भएका छन् । कर्णाली प्रदेशको क्रिकेट टोली छनोटकालागि गरिएको लिग प्रतियोगितामा प्रदेशका ६ टोलीको सहभागिता रहेको थियो ।