2026-07-25 05:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल २०१८ मा क्रिस गेलको रेकर्ड वाटसनले तोडे, चेन्नईद्वारा राजस्थान ६४ रनले पराजित

वैशाख ८, काठमाडौँ | आइपिएल २०१८ मा बिहिबार राति भएको खेलमा किंग्स एलाभेन पंजावको लागि १०४ रन बनाएर सर्वाधिक रनको रेकर्ड बनाएका क्रिस गेलको रेकर्ड वाटसनले तोड्दै १०६ रनको रेकर्ड बनाएका छन् | वाटसनको सतकिय पारीसँगै आज रातिको खेलमा राजस्थान रोयल्सलाई चेन्नई सुपर किंग्सले ६४ रनले पराजित गरेको छ | 

आईपीएल सीजन ११ को १७ औं खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले २० ओभरमा ५ विकेट गुमाएर २०४ रन जोड्यो र राजस्थान रोयल्सलाई २०५ रनको लक्ष्य प्रस्तुत गर्यो | तर उक्त लक्ष्य राजस्थान रोयल्सले १८.३ ओभरमा १४० रन मात्र बनाई अल आउट हुन पुगेपछि पुरा गर्न सकेन | फलस्वरूप खेल ६४ रनले चेन्नई सुपर किंग्सले जित्यो | 

चेन्नईको यो चार म्याचमा तेश्रो जित हो जबकि राजस्थान रोयल्सले पाँच म्याच खेलिसकेको छ भने आज सहित तेश्रो पटक हार्न पुगेको छ | राजस्थानलाई अल आउट गर्ने क्रममा चेन्नईका दिपक चाहरले ३० रन दिएर २ विकेट लिए भने,  ड्वेन ब्रावोले १६ रनमात्र दिएर २ विकेट लिए, त्यस्तै शार्दुल ठाकुरले १८ रन दिएर दुई विकेट लिए भने कर्ण शर्माले १३ रन दिएर दुईनै विकेट लिए | त्यस्तै वाटसन र इमरान ताहिरले एक-एक विकेट लिए | 

वाटसनको शतक

खेलमा पहिले ब्याटिङ गरेको चेन्नईको लागि २०४ रनको फराकिलो स्कोर जोड्ने क्रममा सबैभन्दा दमदार पारी वाटसनले खेले | जुन स्कोर आइपीएल २०१८ हालसम्मको सर्वाधिक रनको स्कोर हो | खेलमा शेन वाटसन ने ५१ बलमा शतक जोडे, यो उनको आईपीएल करियरमा तेश्रो र आईपीएल ११ मा पहिलो शतक हो | वाटसनले आफ्नो शतकीय पारीमा ९ चौका र ६ छक्का लगाए | 

वाटसनले ५७ बलमा १०६ रन बनाएका हुन् | त्यस्तै सुरेश रैनाले २९ बलमा ४६ रनको पारी खेले | त्यस्तै ब्राभोले नट आउट २४ रन बनाए भने रायाडुले १२ रन, रविन्द्र जाडेजाले नट आउट २ रन जोडेका थिए | चेन्नई को लागि कप्तान महेन्द्र सिंग धोनीले ५ रन भन्दा जोड्न सकेनन् | चेन्नईको विकेट लिने क्रममा राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए बहने बेन लफलिनले २ विकेट लिएका थिए | 

खेलमा राजस्थानले चेन्नईले दिएको लक्ष्य पछ्याउने क्रममा बेन स्टोक्सले सर्वाधिक ४५ रन, जोस बटलरले २२ रन, अजिंक्य राहाने र जयदेव उनडकडले समान १६/१६ रन जोडे बाँकी खेलाडीले १० रन भन्दा बढी कटाउन सकेनन् र खेलमा १८.३ ओभरमै अल आउट भए | 

Photo: iplt20.com

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय