२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खाद्य अधिकारको सुनिश्चितताका सवालमा जनप्रतिनिधिहरुको प्रतिवद्धता

२०७५, ५ जेष्ठ शनिबार १३:५६

नरी बडु | जेठ ५, बैतडी | बैतडीको १० वटै नगर तथा गाँउपालिकाका उपप्रमुख र उपाध्यक्षहरुले नागरिकको खाद्य अधिकारका सवालमा विषेश भुमिका खेल्ने प्रतिवद्धता गरेका छन् । याक नेपाल, कैलालीले बैतडीमा आयोजना गरेको खाद्य अधिकार अवधारणा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उनिहरुले यस्तो प्रतिवद्धता गरेका हुन् । 

बैतडीको विभिन्न ठाँउमा रहेका बाँझो जमिनहरुलाई कसरी उर्वर बनाउन सकिन्छ भन्ने विषयमा आफुहरुको महत्वपुर्ण भुमिका हुने मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाको भनाई छ । नागरिकहरुको अमुल्य मतबाटनै आफुहरु जनप्रतिनिधिका रुपमा उपस्थित हुन पाएको कुरालाई हेक्का राख्दै नागरिकको खाद्य अधिकार सुनिश्चितताका सवालमा जनप्रतिनिधिहरुले जिम्मेवार हुनुपर्ने उहाँको भनाई थियो । 


जिल्लाका धेरैजसो ठाँउहरुमा सानो समस्याका कारणपनि ठुल्ठुला खेतहरु बाँझो भई नागरिहरु खाद्य अधिकारबाट बञ्चित भएकाले यस्मा स्थानीय सरकारको महत्वपुर्ण भुमिका हुनुपर्ने दशरथचन्द गरपालिकाका उपप्रमुख मिना चन्दको भनाई छ । बाँझो जमिनलाई उर्वर कसरी बनाउने भन्ने बारेमा स्थानीय सरकाले योजना बनाउनुपर्ने उहाँको भनाई छ । स्थानीय तहमा भएका खेतियोग्य जमिनलाई संरक्षण गरि ति जमिनहरुबाट व्यक्तिलाई चाहिने सन्तुलित भोजन उत्पादन गर्न तर्फ स्थानीय सरकारको ध्यान जान सके खाद्य अभाव सम्बन्धि समस्या कम हुने दोगडाकेदार गाँउपालिकाका उपाध्यक्ष पार्वती काकीको भनाई छ । 

बैतडीका नगर तथा गाँउपालिका उपाध्यक्ष र जिल्ला समुन्वय समितिका उपप्रमुख सहभागि रहेको उक्त अभिमुखिकरण कार्यक्रममा खाद्य अधिकारका सवाल र जिल्लामा खाद्यान्नको उपलब्धता लगायतका बारेमा याक नेपालका देवि खनाल र गिता खत्रिले सहजिकरण गर्नुभएको थियो ।  याक नेपाल नामक संस्थाले प्रदेश ७ का सबै जिल्लाहरुमा खाद्य अधिकारका क्षेत्रमा काम गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति