८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सितोरियो कराते संघ खोटाङ सम्मानित

३१ असार २०७५, आईतवार ११:०७

चिसाङ शेर्पा | असार ३१, खोटाङ | नेपाल सितोरियो कराते संघ खोटाङ सम्मानित भएको छ । गत जेठ ३०, ३१ र असार १ गते तेह्रथुममा ‘प्रथम छथर गाउँपालिका प्रमुख कप राष्ट्रिय कराते प्रतियोगिता’मा हलेसी तुवाचुङ नगरपालिकाको तर्फबाट प्रथम स्थान हाँसिल गरेकोमा सितोरियो कराते संघ सम्मानित भएको हो ।

खेलकुदका माध्यमबाट आफ्नो नगरपालिकाको नाम उचो बनाएकोमा शुक्रबार हलेसीस्थित होटल हलेसी भिलेजको सभाहलमा नगरपालिकाको दोश्रो नगरसभामा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईलाई कराते खेलको उच्च प्रगतीको कामना सहित प्रमाणपत्र हस्तान्तरण गरी सम्मान गर्नुभएको थियो । 

सो नगरपालिकाको प्रतिनिधित्व गरेर प्रथम छथर गाउँपालिका प्रमुख कप राष्ट्रिय कराते प्रतियोगितामा नेपाल सितोरियो कराते संघ खोटाङ ९ स्वर्ण ५ रजत १ कास्य लिएर प्रथम भएको थियो । जिल्लामा सरकारबाट नै तलब खर्च खाँदै आएका प्रशिक्षक तथा खेलकुदका संस्थाहरु सुनसान हुंदा कराते खेलले भने फड्को मार्दै आएको छ ।

छथर गाउँपालिकाको आयोजनामा तेह्रथुमको शुक्रबारेमा सम्पन्न तीन दिबसीय प्रतियोगितामा ४ स्वर्ण १ रजत, २ कास्य लिदै मकवानपुर दोश्रो र ३ स्वर्ण २ रजत ३ कास्य लिएर आयोजक छथर गाउँपालिका तेश्रो भएको थियो ।


स्वर्ण, रजत, कास्यमा कती/कती ल्याएका थिए पढ्नुहोस

महिला कुमिते स्वर्ण पदक

५५ केजी तौल समुहमा विद्याकला राई 

६१ केजी तौल समुहमा जस्मिना राई

६८ प्लस केजी तौल समुहमा मिसडोना राई

पुरुष कुमिते स्वर्ण पदक

६० केजी तौल समुहमा सन्तोष राई

६७ केजी तौल समुहमा रुरिहाङ्ग दुमि राई

महिला एकलकाता स्वर्ण पदक 

रोश्मा राई

पुरुष एकलकातामा

मोतिचन्द्र राई

महिला टिम कातामा

जस्मिना राई, बिद्याकला राई, रोश्मा राई

पुरुष टिम कातामा 

अर्जुन श्रेष्ठ, रुरिहाङ्ग दुमि राई र मोतिचन्द्र राई

महिला कुमिते रजत पदक

४० केती तौल समुहमा डुनु राई

४५ केजी तौल समुहमा नन्जु राई

८६ प्लस केजी तौल समुहमा सोना राई

५५ केजी तौल समुहमा अर्जुन श्रेष्ठ

७५ केजी तौल समुहमा सुजन राई 

 महिला कुमिते कास्य पदक 

५० केजी तौल समुहमा युनिका राई 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा