2026-07-25 11:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको केहि मिनेटपछि साफमा अहिलेसम्म जित्न नसकेको माल्दिभ्ससंग नेपाल भिड्दै

भदौ २७, काठमाडौँ | साफ च्याम्पियनशिप अन्तर्गत अबको केहि मिनेटमै अर्थात ३ बजेर ४५ मिनेटमा नेपाल र माल्दिभ्सबीच महत्वपूर्ण फुटबल प्रतिष्पर्धा हुँदैछ । 

बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत आजै सेमिफाइनलका दुई खेल अन्तर्गत नेपाल र माल्दिभ्स, अर्को तर्फ भारत र पाकिस्तानबीच खेल हुनेछ । आज नेपाल र माल्दिभ्सबीचको खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ । नेपाल समूह ए को विजेता हो भने माल्दिभ्स समूह ‘बी’ को उपविजेता हो ।

अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपालले माल्दिभ्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने योजनामा छ । उता सन् १९९७ देखि साफ खेल्न सुरु गरेको माल्दिभ्सले यसअघिका सबै संस्करणको सेमिफाइनल खेलिसकेको छ । माल्दिभ्सले सन् २००८ मा उपाधि समेत जितेको थियो ।

अर्को महत्वपूर्ण कुरा के छ भने साफमा नेपालले अहिलेसम्म माल्दिभ्सलाई पराजित गर्न सकेको छैन । समूह चरणको तीन खेलमा नेपालले पहिलो खेलमा हार र त्यसपछिका दुई खेलमा उत्कृष्ट पर्दर्शन गरेको थियो । 

इतिहाँस हेर्ने हो भने सन् २०१६ बंगबन्धु राष्ट्रिय रंगशालामा सम्पन्न बंगबन्धु गोल्ड कपको सेमिफाइनल खेलमा नेपाल समूह ‘ए’ को उपविजेता माल्दिभ्स समूह ‘वि’ को विजेता थियो । जनावरी १९ तारिख साँझ ५ बजे भएको उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलको अपत्यारीलो जित निकाल्दै फाइनल प्रवेश गरेको थियो । साफमा भने नेपालले माल्धिभ्ससंग जितेको रेकर्ड छैन । 

२०१६ को उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा बहराइनलाई ३–० गोलले पराजित गर्दै नेपालले बंगबन्धु गोल्डकपको उपाधि उचाल्न सफल भएको इतिहाँस पनि छ । त्यसपछि अहिले करिब २ वर्षपछि नेपाल र माल्दिभ्स यही मैदानमा सेमिफाइनल खेल मै प्रतिस्पर्धा गर्न लागेको छ । पक्कैपनि माल्दिभ्सलाई २०१६ बंगबन्धु गोल्डकपको बदला लिने मौका छ भने उही इतिहाँस दोहर्याउने आशा सहित उत्साहमा नेपालले खेल्ने छ ।

यो पटक नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएपनि दोस्रो खेलमा भुटानलाई ४–० र अन्तिम खेलमा आयोजक बंगलादेशलाई २–० गोलअन्तरले पराजित गरेर आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरिसकेको छ । त्यसो त यही प्रतियोगितामा माल्दिभ्सले भने आफ्नो पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो भने आफ्नो दोस्रो खेलमा भारतसँग २–० गोलको हार ब्यहोरेको थियो । माल्दिभ्स भाग्यमानी सावित हुदै टसबाट श्रीलंकालाई पछि पार्दै सेमिफाइनल पुगेको टिम हो । 

जारी साफ खेलमा माल्दिभ्सले एक गोल पनि गरेको छैन भने नेपालले ३ खेलमै ७ गोल गरेर आफूलाई बलियो प्रतिष्पर्धी सावित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ