२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भीमदत्त नगरपालिका वडा स्तरीय टी-टवान्टी क्रिकेट प्रतियोगिता

१३ आश्विन २०७५, शनिबार १३:३८

असोज १३, महेन्द्रनगर | भिमदत्त नगरपालिका वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । भीमदत्त नगरपालिका वडा नं. १२ ले दशै तिहारको अवसर पारी क्रिकेट प्रतियोगिता आयोजना गरेको छ ।

ऐरीस्थित पूर्णा माध्यमिक विद्यालयको खेल मैदानमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रतियोगिता उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथि विष्टले पानसमा दिप प्रज्वलन गरी प्रतियोगिता उद्घाटन गरे । 

कार्यक्रममा प्रमुख अतिथि विष्टले ब्याटिङ्ग र सभापति वडा अध्यक्ष कृष्ण सिह देउपाले बलिङ्ग गरी खेल सुरुवात गरे । कार्यक्रममा नगर प्रमुख विष्टले नगर क्षेत्रका खेलकूद विकास र विस्तारलाई नगरपालिकाले प्राथमिकता दिएको उल्लेख गर्दै सबै वडामा खेलकूदका कार्यक्रम गरिने बताए । ‘क्रिकेट लगायतका खेलको विकास र विस्तारका लागि प्राथमिकता दिएका छौ, त्यस अनुसार वडा वडामा खेलकूद कार्यक्रम गरिरहको छौ’ उनले भने,‘विद्यालय स्तरबाट खेलाडी उत्पादनको लक्ष्य लिएर अघि बढेका छौ ।’खेलकूदको विकासका लागि एक वडा एक मैदान बनाउन सुरु गरिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले त्यसका लागि सबै नगर वासिन्दाको सहयोग चाहिएको उल्लेख गरे । अहिले भीनपा वडा नं. ९ मटेनामा खेल मैदान बनाउन सुरु गरिएको छ ।

स्थानीय तह निर्वाचनबाट पाएको भीनपालाई समृद्ध बनाउने जिम्मेवारी पूरा गर्न अल्पकालिन र दिर्घकालिन योजना बनाएर विकास निर्माण सहितका कार्य सुरु गरिएको बताए ।‘निर्वाचनमा भीनपालाई समृद्ध बनाउने जुन जिम्मेवारी पाएका थियौ,त्यसलाई पूरा गर्न नगरको विकास र समृद्धिका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाएर अघि बढेका छौ’ उनले भने,‘नपाको सीमित स्रोत साधनले पुग्ने गरी जनताको अपेक्षाको सम्बोधन गरिहेका छौ  ।’नगर प्रमुख विष्टले नगरको दिर्घकालिन विकासको लक्ष्य सहित योजना बनाएर लागू गरिएको बताए ।स्थानीय तह निर्वाचनको एक वर्षमा मेयर कप भलिबल प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय खेलकूद प्रतियोगिता आयोजना गरिएको र अन्य जिल्लाका खेल प्रतियोगितामा सहभागी उल्लेख गर्दै उनले नगर स्तरीय खेलकूद समिति छिट्टै गठन हुने बताए । भीनपालाई खेल पर्यटन क्षेत्रका रुपमा विकास गरिने नगर प्रमख विष्टले बताए ।‘भीनपालाई पर्यटन क्षेत्रका रुपमा अघि बढाएका छौ, त्यसमा खेल पर्यटनलाई समावेश गरी जान्छौ’ उनले भने ।


जैविक मार्गमा सुरक्षाकर्मी्सित समन्वय गरी म्याराथुन प्रतियोगिता आयोजना गरिने उनले जनाए ।

पाँच वर्षमा नगरलाई खेलमैत्री बनाउने नगर प्रमुख विष्टले प्रंतिवद्धता जनाए ।भीनपा वडा नं. १२ का अध्यक्ष देउपाको सभापतित्वमा गरिएको कार्यक्रममा वडा नं. ६ का अध्यक्ष हरक सिह धामीले खेलकूदबाट भीमदत्तलाई अन्तर्रा्ष्ट्रिय स्तरमा चिनाउन सकिने भएकाले खेलकूदको विकासका लागि नगरपालिका सहित सबै वडाहरु गम्भीर भएको बताए । कार्यक्रमका सभापति देउपाले क्रिकेट खेलको विकासका लागि दशैं तिहारको अवसर पारी प्रतियोगिता आयोजना गरिएको बताए ।भीनपा वडा नं १२ का सदस्य अशोक साउँदले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य गीता सार्कीले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतियोगितामा २० टीमले भाग लिएका छन् । उद्घाटन कार्यक्रममा नगर प्रवक्ता राजेन्द्र पाण्डेय, वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहु, ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, १० का अध्यक्ष प्रमानन्द जोशी, ९ का अध्यक्ष राम नाथ, २ का अध्यक्ष डम्बर सिह कार्की, ७ का अध्यक्ष शंकर बहादुर कुँबर, १७ का अध्यक्ष हिमाल बहादुर चन्द, १३ का अध्यक्ष लाल बहादुर शाही, १४ का अध्यक्ष उत्तम बहादुर विष्ट, १९ का अध्यक्ष दामोदर महरा, ११ का अध्यक्ष प्रेम प्रसाद जैसी, कार्यपालिका सदस्य गीता ओली, द्रोपती जोशी, पूर्णा माविका व्यवस्थापन समिति अध्यक्ष पूर्ण सिह क्षेत्री, क्रिकेट प्रशिक्षक विरु शाही, गणेश आग्री लगायतका सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य