२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भीमदत्त नगरपालिका वडा स्तरीय टी-टवान्टी क्रिकेट प्रतियोगिता

२०७५, १३ आश्विन शनिबार १३:३८

असोज १३, महेन्द्रनगर | भिमदत्त नगरपालिका वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । भीमदत्त नगरपालिका वडा नं. १२ ले दशै तिहारको अवसर पारी क्रिकेट प्रतियोगिता आयोजना गरेको छ ।

ऐरीस्थित पूर्णा माध्यमिक विद्यालयको खेल मैदानमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रतियोगिता उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथि विष्टले पानसमा दिप प्रज्वलन गरी प्रतियोगिता उद्घाटन गरे । 

कार्यक्रममा प्रमुख अतिथि विष्टले ब्याटिङ्ग र सभापति वडा अध्यक्ष कृष्ण सिह देउपाले बलिङ्ग गरी खेल सुरुवात गरे । कार्यक्रममा नगर प्रमुख विष्टले नगर क्षेत्रका खेलकूद विकास र विस्तारलाई नगरपालिकाले प्राथमिकता दिएको उल्लेख गर्दै सबै वडामा खेलकूदका कार्यक्रम गरिने बताए । ‘क्रिकेट लगायतका खेलको विकास र विस्तारका लागि प्राथमिकता दिएका छौ, त्यस अनुसार वडा वडामा खेलकूद कार्यक्रम गरिरहको छौ’ उनले भने,‘विद्यालय स्तरबाट खेलाडी उत्पादनको लक्ष्य लिएर अघि बढेका छौ ।’खेलकूदको विकासका लागि एक वडा एक मैदान बनाउन सुरु गरिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले त्यसका लागि सबै नगर वासिन्दाको सहयोग चाहिएको उल्लेख गरे । अहिले भीनपा वडा नं. ९ मटेनामा खेल मैदान बनाउन सुरु गरिएको छ ।

स्थानीय तह निर्वाचनबाट पाएको भीनपालाई समृद्ध बनाउने जिम्मेवारी पूरा गर्न अल्पकालिन र दिर्घकालिन योजना बनाएर विकास निर्माण सहितका कार्य सुरु गरिएको बताए ।‘निर्वाचनमा भीनपालाई समृद्ध बनाउने जुन जिम्मेवारी पाएका थियौ,त्यसलाई पूरा गर्न नगरको विकास र समृद्धिका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाएर अघि बढेका छौ’ उनले भने,‘नपाको सीमित स्रोत साधनले पुग्ने गरी जनताको अपेक्षाको सम्बोधन गरिहेका छौ  ।’नगर प्रमुख विष्टले नगरको दिर्घकालिन विकासको लक्ष्य सहित योजना बनाएर लागू गरिएको बताए ।स्थानीय तह निर्वाचनको एक वर्षमा मेयर कप भलिबल प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय खेलकूद प्रतियोगिता आयोजना गरिएको र अन्य जिल्लाका खेल प्रतियोगितामा सहभागी उल्लेख गर्दै उनले नगर स्तरीय खेलकूद समिति छिट्टै गठन हुने बताए । भीनपालाई खेल पर्यटन क्षेत्रका रुपमा विकास गरिने नगर प्रमख विष्टले बताए ।‘भीनपालाई पर्यटन क्षेत्रका रुपमा अघि बढाएका छौ, त्यसमा खेल पर्यटनलाई समावेश गरी जान्छौ’ उनले भने ।


जैविक मार्गमा सुरक्षाकर्मी्सित समन्वय गरी म्याराथुन प्रतियोगिता आयोजना गरिने उनले जनाए ।

पाँच वर्षमा नगरलाई खेलमैत्री बनाउने नगर प्रमुख विष्टले प्रंतिवद्धता जनाए ।भीनपा वडा नं. १२ का अध्यक्ष देउपाको सभापतित्वमा गरिएको कार्यक्रममा वडा नं. ६ का अध्यक्ष हरक सिह धामीले खेलकूदबाट भीमदत्तलाई अन्तर्रा्ष्ट्रिय स्तरमा चिनाउन सकिने भएकाले खेलकूदको विकासका लागि नगरपालिका सहित सबै वडाहरु गम्भीर भएको बताए । कार्यक्रमका सभापति देउपाले क्रिकेट खेलको विकासका लागि दशैं तिहारको अवसर पारी प्रतियोगिता आयोजना गरिएको बताए ।भीनपा वडा नं १२ का सदस्य अशोक साउँदले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य गीता सार्कीले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतियोगितामा २० टीमले भाग लिएका छन् । उद्घाटन कार्यक्रममा नगर प्रवक्ता राजेन्द्र पाण्डेय, वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहु, ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, १० का अध्यक्ष प्रमानन्द जोशी, ९ का अध्यक्ष राम नाथ, २ का अध्यक्ष डम्बर सिह कार्की, ७ का अध्यक्ष शंकर बहादुर कुँबर, १७ का अध्यक्ष हिमाल बहादुर चन्द, १३ का अध्यक्ष लाल बहादुर शाही, १४ का अध्यक्ष उत्तम बहादुर विष्ट, १९ का अध्यक्ष दामोदर महरा, ११ का अध्यक्ष प्रेम प्रसाद जैसी, कार्यपालिका सदस्य गीता ओली, द्रोपती जोशी, पूर्णा माविका व्यवस्थापन समिति अध्यक्ष पूर्ण सिह क्षेत्री, क्रिकेट प्रशिक्षक विरु शाही, गणेश आग्री लगायतका सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति