८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फुटबल मैदानको शिलान्यास

७ कार्तिक २०७५, बुधबार १५:२७

कात्तिक ७, खोटाङ (रासस) | केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित जरङ्खामा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान बन्ने भएको छ । 

पाँच वर्षभित्र बन्ने सो मैदानको आज प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गर्नुभएको हो । अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा गर्नेगरी निर्माण गर्न लागिएको खेल मैदान आगामी मङ्सिर पहिलो सातादेखि शुरु गरिने छ । 

स्थानीयवासी छ दाताले रु ४६ करोडभन्दा बढीको जग्गा निःशुल्क उपलब्ध गराएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयवासी नारायणबहादुर गुरुङ, मनकुमार गुरुङ, डिगबहादुर गुरुङ, गङ्गाबहादुर गुरुङ, धनकुमारी गुरुङ र भूपालसिंह गुरुङले २८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । 

केन्द्र सरकार तथा प्रदेश सरकार, राष्ट्रिय खेलकूद परिषद्, स्थानीय सरकार तथा दाताको सहयोगमा खेल मैदान निर्माण गरिने बताइएको छ । प्रतियोगिता भएको समयमा कम्तीमा पनि ५० हजारभन्दा बढी दर्शक बस्न सक्ने गरी प्याराफिट बनाइने निर्माण उपभोक्ता समितिले जनाएको छ । ग्रामीण क्षेत्रमा रहेका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यले बाक्सिलामा अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्न लागिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष माइतीराज राईले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ