८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फिदिममा तरुण गोल्डकप सुरु ,कुम्मायक गोल्डकप मा हिलिहाङ सेमीफाइनलमा

१० कार्तिक २०७५, शनिबार १२:५६

कमल घिमिरे।कार्तिक१०।पाँचथर,  पाँचथरको फिदिममा आजबाट दोस्रो तरुण गोल्डकप सुरु भएको छ । नेपाल तरुण दलको ६६ औँ स्थापना दिवसको अवसरमा गोल्डकपको आयोजना गरिएको हो ।खेलको उद्घाटन नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले रेफ्री प्रमुख सन्तोष राईलाई बल हस्तान्तरण गरेर भएको थियो। आज बाट सुरु भएको गोल्डकप कात्तिक १६ गते समापन हुने आयोजकले जनाएको छ ।

आज भएको उद्घाटन खेलमा मिक्लाजुङ गाउँपालिकाले हिलिहाङ गाउँपालिकालाई ३-० ले पाखा  लगाएको हो ।भोलि याङबरक र फाल्गुनन्द गाउँपालिका बिच खेल हुने आयोजकले जनाएको छ।पाँचथरको १ नगरपालिका सहित ७ गाउँपालिका बिच भएको प्रतियोगिता कार्तिक १६ गते सकिनेछ।प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ पाउनेछन् भने उपविजेताले ५१ हजार १ सय रुपैयाँ पाउने दलका पाँचथर जिल्ला सभापति सुमन लामाले बताउनुभयो।

  पाँचथरकै कुम्मायक गाउँपालिकामा हिजोबाट जारी करेन्ट दोस्रो आमन्त्रण गोल्डकपको आजको दोस्रो खलेमा हिलिहाङ स्पोर्टिङ क्लवले फाल्गुनन्द स्पोर्टिङलाई २–१ गोलले सेमीफाइनलको यात्रा पक्का गरेको हो । आज भएको दोस्रो चरणको खेलमा हिलिहाङ स्पोर्टिङ क्लवले फाल्गुनन्द स्पोर्टिङ क्लवलाई १ का बिरुद्ध २ गोल गर्दै सेमिफाइनल प्रबेस गरेको छ ।  पाँचथरका १ नगरपालिका सहित सात स्थानीयतहका ८ टिमको सहभागी रहेको प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमशः १ लाख ११ हजार १,११ ट्रफी, मेडल र प्रमाण पत्र र ५५ हजार ५ सय ५५ ट्रफी, मेडल र प्रमाण पत्र हातपार्ने छन् । त्यसैगरि सबै बिद्याका सबोकृष्ठ खेलाडीहरुलाई समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ । ९ गते बाट सुरुभएको प्रतियोगिता कार्तिक १५ गतेसम्म संचालन हुने छ । भोली हुने तेस्रो खेल तुम्बेवा स्पोर्टिङ क्लव र फालेलुङ स्पोर्टिङ क्लव बीच दिउँसो २ः३० मा हुने क्लवका अध्यक्ष रोहन घिमिरेले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए