२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सर्वाधिक राशीको रुकुमकप झुली खेतलाई

२०७५, १४ कार्तिक बुधबार ०५:२९

प्रेम सुनार | कार्तिक–१४, बुटवल । प्रदेश ५ मा अहिले सम्म कै सार्वाधिक राशीको रुकुमकप चौथो संस्करणको उपाधी रुकुमको मुसिकोट–७   स्थित झुलखेत सिटी युवा क्लवले हाता पार्न सफल भएको छ ।

रुकुम पुर्वको सिस्ने गाउँपालिका –५ को रुक्मिणि रंगशालामा भएको फाईनल खेलमा मुसिकोट–१३ छिबाङ्गलाई २–० गोलले पराजित गर्दै झुलखेत सिटी युवा क्लव उपाधी हाता पार्न सफल भएको हो ।

उसले नगद ८० हजार धनराशी सहित कव मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता छिवाङ्गले ४० हजार नगद , मेडल र प्रमाणप      त्र हात पारेको छ । उत्कृष्ट खेलाडी तर्फ पनि सिटी युवा क्लवले नै बाजी मार्न सफल भएको छ ।  त्यस क्लवका खुमबहादुर ओली उत्कृष्ट खेलाडीको ब्यक्तिगत पुरस्कार हाता पार्न सफल भएका छन ।


वेष्ट गोलकिपरमा सन्तोष बुढाथोकी र वेष्ट डिफेन्डरमा हेमराज रावतले पुरस्कार प्राप्त गरेका छन । वेष्ट स्टाईगरमा छिवाङ्गका अनुराग जिसी, वेस्ट मिडिफिल्डरमा रुकुमकोट युनाईटेड–ए का श्रीकुमार बुडाथोकी घोषित भएका छन ।

खेल संयोजक तिलक रेउलेका अनुसार प्रतियोगिताको सबै भन्दा अनुशासित टिम बनेको हिमशिखा बोर्डिङ्ग स्कुलले १० हजार धनराशीको पुरस्कार हाता पारेको छ ।  उपाधी जित्ने चमत्कार बोकेका शिद्धगुफा युवा क्लव मुसिकोट–१ सल्ले र रुकुमकोट युनाईटेड सिस्नेले सेमिफाईनल पुगेर लत्रिए पछि १५÷१५ हजार धनराशीको तेश्रो पुरस्कार मै चित्त बुझाउनु परेको छ ।

समृद्ध समाज नेपाल रुकुम पुर्वको आयोजनमा भएको उक्त प्रतियोगितामा रुकुम पुर्व  र पश्चिम गरी ११ टिमको सहभागिता थियो । २०७२ सालमा सुरु भर्एको पहिलो संस्करणमा त्यस क्षेत्र कै चर्चित क्लव शिद्धगुफा युवा क्लवले १२ टिमलाई पछाडी पार्दै उपाधी जित्न सफल भएको थियो ।

अहिलेको उपविजेताले माछमी युनाईटेडले  २०७३ को दोश्रो र २०७४ को तेश्रो संस्करणको उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको थियो । यो चौथो संस्करण पहिलो पटक हाता पार्न सफल झुलखेत सिटी युवा  क्लव त्यस क्षेत्रका फुटवल क्लवहरुका निम्ति चुनौतीका रुपमा उदय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति