२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कुम्मायक गोल्डकपको उपाधि आयोजक कुम्मायक स्पोर्टिङ्गलाई

२०७५, १५ कार्तिक बिहीबार १३:०७

कमल घिमिरे । कार्तिक १५, पाँचथर | पाँचथरको कुम्मायक गाउँपालिकामा  कात्तिक ९ गतेबाट भएको करेन्ट दोस्रो आमन्त्रण गोल्डकपको उपाधि कुम्मायक स्पोर्टिङको पोल्टामा परेको छ । 

हिलिहाङ स्पोर्टिङ क्लवलाई ३–० को अन्तरमा पाखा लगाउँदै आयोजकले उपाधि चुमेको हो । कुम्मायक स्पोर्टिङलाई जिताउँन खेलको १४ मिनेटमा सुरेस मिफोकले गरेको गोलले खाता खोल्न सफल भएको थियो । त्यस्तै पहिलो चरणको २३ र ३२ मिनेटमा दुबै गोल सक्ति लावतीले गर्दा हिलिहाङ स्तब्ध बन्यो । खेलको दोस्रो आफमा खेललाई फर्काउन हिलिहाङको तर्फबाट भएको केही अवसर खेर जाँदा उपबिजेतामा चित्त बुझायो । आयोजक कुम्मायक स्पोर्टिङ क्लव बिजेता बन्दै नगद १ लाख ११ हजार १ सय ११ ट्रफि, मेडल, प्रमाण–पत्र र उपविजेता हिलिहाङ स्पोर्टिङले नगत ५५ हजार ५ सय ५५ ट्रफि मेडल र प्रमाण पत्र हात पार्यो । खेलको म्यान अफ् दि म्याच हिलिहाङका सुवास गुरुङ बने । उनले ट्रफि सहित नगद ५ हजार रुपैंयाँ प्राप्त गरे । 

त्यस्तै, खेलमा हाईस्कोलरका रुपमा कुम्मायकका सुरेस मिफोक र सक्ति लावती भएका भए उनिहरुले नगत ५ हजार ट्रफि प्रमाण–पत्र प्राप्त गरे, कुम्मायककै बेष्ट प्लेयर दिनेश शेर्मा बने उनले नगत १० हजार ट्रफि, प्रमाण–पत्र, प्राप्त गरे, बेस्ट बेष्ट गोल किपरमा कुम्मायकका कबिन्द्र लावती, बेष्ट राइजिङ प्लेयर दिप्सन लावती भए, उनिहरुले क्रमशः नगत ५ हजार ट्रफि प्रमाण पत्र हातपारे । यसैगरी कुम्मायक–१ का पूर्व राष्ट्रिय खेलाडी हाल एपिएफका प्रशिक्षक गणेश लावती सम्मानीत भएका छन् । उनलाई कुम्मायक गाउँपालिकाले नगत २५ हजार प्रशंसा प्रत्र प्रदान गर्दै सम्मान गरेको हो । गत कात्र्तिक ९ गतेबाट जारी करेन्ट दोस्रो कुम्मायक गोल्डकप आज सम्पन भएको छ । पाँचथरको १ नगारपालिका सहित ७ गाउँपालिका गरि ८ टीमको सहभागीता रहेको थियो । 

यता पाँचथरको फिदिममा जारी दोस्रो तरुण गोल्डकप मा मिक्लाजुङ गाउँपालिका फाइनलमा प्रवेश गरेको छ। 

आज भएको अन्तिम सेमीफाइनल खेलमा मिक्लाजुङ गाउँपालिकाले कुम्मायक गाउँपालिकालाइ १-० गोल अन्तरले पराजित गरेको छ।जित सँगै मिक्लाजुङ उपाधिको दाबेदार भएको छ।उपाधिको लागि कात्तिक १६ गते तुम्बेवा र मिक्लाजुङ गाउँपालिका बिच खेल हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति