२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मार्कुले जित्यो पहिलो पटक १ लाख ५ हजार राशिको क्रिकेट प्रतियोगिता

२०७५, २२ कार्तिक बिहीबार ०४:३५

कमल रावल | कातिक २२, अछाम | अछामको साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडीकोटको बडासैन खेल मैदानमा सम्पन्न जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि सान्निकोट युवा क्लब चौरपाटी गाँउपालिका वडा नम्बर ७ मार्कुले उचालेको छ । बुधबार भएको फाईनल खेलमा बैजनाथ युवा क्लब साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीलाई ६ रनले पराजित गर्दै मार्कुले उपाधि उचालेको हो ।

प्रथम भएसँगै मार्कुले नगद १ लाख ५ हजार सहित, कप, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता भएकोे कालिमाटीले नगद २० हजार सहीत कप, मेडल र प्रमाणपत्र चित्त बुझाएको छ । टस जितेर कालिमाटीले पहीले फिल्डीग गर्ने निर्णय गरेपछी ब्याटिग गरेको मार्कुले निर्धारित १५ ओभरको खेलमा १२ ओभरमा अल आउट हुदै ७६ रन बनाएको थियो । जवाफमा लक्ष्य पछ्याएको कालिमाटी १३ ओभरमा अलआउट हुदै ७० रनमा सिमीत भएको थियो । जहाँ मार्कुको ६ रनको रोमाञ्चक जित भएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सान्निकोट युवा क्लब मार्कुका हिमाल बिक म्यान अफ द सिरिज र फाईनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका मार्कुकै भरत सुनार म्यान अफ द म्याचको पुरुस्कार पाउन सफल भएका थिए । 

अनुभवी खेलाडीले भरिपुर्ण कालिमाटीलाई भर्खरै क्रिकेटमा उदयमान भएको मार्कुले जिल्ला भरिमा जितेको यो पहिलो क्रिकेट प्रतियोगिता हो । प्रतियोगिताका लागि दाबेदार मानिएको साफेबगर नगरपालिका क्वाटरफाईन, आयोजक रिडिकोट युवा क्लब ए सेमिफाईनल र बैजनाथ युवा क्लब कालिमाटी फाईनल खेलमा पराजित हुन पुगेको हो ।

२०७० सालबाट बडसैनमा सुरु भएको ठुलो धनराशिका क्रिकेट प्रतियोगितामा हाल सम्म रेडियो रामारोशन, कालिका युवा क्लब बागभिडि, बैजनाथ युवा क्लब कालिमाटी, सिवाईसि अत्तरिया र अहिले सान्निकोट युवा क्लब मार्कु उपाधि जित्नेमा आफ्नो नाम राख्न सफल भएका छन । कात्तिक १४ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १८ टिमको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति