२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जय नेपाल क्रिकेट उपाधि लालसलामलाई

६ मंसिर २०७५, बिहीबार १०:१२

मङ्सिर ६, दार्चुला | दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको लालसलाम टोलीले जितेको छ । विहीबार भएको फाइनल प्रतियोगितामा बस्कोट सुपरकिङलाई ९० रनको अन्तरले पराजित गर्दै लालसलाम टोलीले उपाधि जितेको हो । 

टस जितेर पहिला ब्याटिङ गरेको लालसलामले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै १८५ रनको विशाल स्कोर खडा गरेको थियो । लालसलाम टोलीका तर्फबाट गौतम धामीले सर्वाधिक ८३ रन र सञ्जी फिरिमालले ३८ रनको योगदान दिएका थिए । बस्कोट सुपरकिङका तर्फबाट दीपेन्द्र ऐरीले तीन र किरण ठगुन्नाले दुई विकेट लिएका थिए । १८५ रनको लक्ष्य पछ्याउने क्रममा सुपरकिङ १६ दशमलब एक ओभरमा ९५ रनमै समेटियो । सुपरकिङका तर्फबाट किरण धामीले ४५ र दीपेन्द्र बोहराले १५ रन बनाउनुबाहेक अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । लालसलाम टोलीका तर्फबाट करण डडालले तीन विकेट लिए । 

खेलको ‘म्यान अफ द म्याच’ र उत्कृष्ट ब्याट्सम्यान लालसलाम टोलीका गौतम धामी र ‘म्यान अफ द सिरिज’ रवि बिष्ट घोषित भए । 

यस्तै बस्कोट टोलीका प्रकाश चन्द उत्कृष्ट बलर घोषित भएको आयोजक अपी चौलानी सृजनशील युवा क्लबका अध्यक्ष रमेश भट्टले जानकारी दिनुभयो । जिल्लाकै सर्वाधिक धनराशिमा सञ्चालन भएको प्रतियोगिताको प्रथम टोलीलाई नगद एक लाख एक हजार १११, द्वितीयले नगद ६१ हजार १११ तथा कप मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

यस्तै हरेक खेलका ‘म्यान अफ द म्याच’लाई रु पाँच हजार ५५५ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा दार्चुलाका नौ तथा बैतडीका चार वटा गरी कूल १३ टोलीले सहभागिता जनाएका थिए । दार्चुलाका नेपाली काङ्ग्रेसले जितेका व्यास, दुहुँ, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको आर्थिक सहयोगमा पहिलोपटक जय नेपाल क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला