२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जय नेपाल क्रिकेट उपाधि लालसलामलाई

२०७५, ६ मंसिर बिहीबार १०:१२

मङ्सिर ६, दार्चुला | दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको लालसलाम टोलीले जितेको छ । विहीबार भएको फाइनल प्रतियोगितामा बस्कोट सुपरकिङलाई ९० रनको अन्तरले पराजित गर्दै लालसलाम टोलीले उपाधि जितेको हो । 

टस जितेर पहिला ब्याटिङ गरेको लालसलामले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै १८५ रनको विशाल स्कोर खडा गरेको थियो । लालसलाम टोलीका तर्फबाट गौतम धामीले सर्वाधिक ८३ रन र सञ्जी फिरिमालले ३८ रनको योगदान दिएका थिए । बस्कोट सुपरकिङका तर्फबाट दीपेन्द्र ऐरीले तीन र किरण ठगुन्नाले दुई विकेट लिएका थिए । १८५ रनको लक्ष्य पछ्याउने क्रममा सुपरकिङ १६ दशमलब एक ओभरमा ९५ रनमै समेटियो । सुपरकिङका तर्फबाट किरण धामीले ४५ र दीपेन्द्र बोहराले १५ रन बनाउनुबाहेक अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । लालसलाम टोलीका तर्फबाट करण डडालले तीन विकेट लिए । 

खेलको ‘म्यान अफ द म्याच’ र उत्कृष्ट ब्याट्सम्यान लालसलाम टोलीका गौतम धामी र ‘म्यान अफ द सिरिज’ रवि बिष्ट घोषित भए । 

यस्तै बस्कोट टोलीका प्रकाश चन्द उत्कृष्ट बलर घोषित भएको आयोजक अपी चौलानी सृजनशील युवा क्लबका अध्यक्ष रमेश भट्टले जानकारी दिनुभयो । जिल्लाकै सर्वाधिक धनराशिमा सञ्चालन भएको प्रतियोगिताको प्रथम टोलीलाई नगद एक लाख एक हजार १११, द्वितीयले नगद ६१ हजार १११ तथा कप मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

यस्तै हरेक खेलका ‘म्यान अफ द म्याच’लाई रु पाँच हजार ५५५ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा दार्चुलाका नौ तथा बैतडीका चार वटा गरी कूल १३ टोलीले सहभागिता जनाएका थिए । दार्चुलाका नेपाली काङ्ग्रेसले जितेका व्यास, दुहुँ, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको आर्थिक सहयोगमा पहिलोपटक जय नेपाल क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति