2026-07-25 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप पहिलो पटक विकेटविहीन, सन्दीपको टिम पराजित

मङ्सिर ११, काठमाडौं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईमा जारी टी–टेन लिग क्रिकेट प्रतियोगितामा पहिलो पटक विकेटविहीन भएका छन् । 

युएईको शारजाह क्रिकेट स्टेडियममा सोमबार राति भएको खेलमा सन्दीप लामिछानेको टिम केरला किंग्स पन्जाविक लेजेन्डस्सँग ३६ रनले पराजित भएको हो । १०८ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको केरलाले ८.२ ओभरमा सबै विकेटको क्षतिमा ७१ रन मात्रै बनाउन सक्यो ।

केरलाका लगि क्रिस गेलले ३५ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बटुल्न सकेनन् । नेपालका सन्दीप लामिछाने एक रनमा अविजित रहे । केरलालाई सस्तैमा समेट्ने क्रममा पन्जाविकका हसन खानले ४ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाविकले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा १०७ रन बनाएको थियो । पञ्जाविकका लागि उमर अक्मलले ३० रन बनाएका थिए ।

बलिङतर्फ मोहम्मद नाभिदले २ विकेट लिए । नेपालका सन्दीप भने यो खेलमा महंगो सावित भए । उनले २ ओभरमा २८ रन खर्चिए ।

सन्दीपले यसअघिका तीन खेलमा लगातार विकेट लिएका थिए । राजपुतस्विरुद्ध २ विकेट लिएका थिए । त्यस्तै, केरलाले आफ्नो पहिलो खेलमा पख्तुन्सलाई ८ विकेटले पराजित गर्दा सन्दीपले ३ विकेट लिन सफल भएका थिए । सन्दीपले आफ्नो दोस्रो खेलमा पनि १ विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ