२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फाल्गुनन्द गोल्ड कपको उद्घाटन खेलमा झापा द्वारा ताप्लेजुङ पराजित

२०७५, २१ पुष शनिबार १२:१८

कमल घिमिरे ।पौष २१।पाँचथर,  पाँचथरको  फिदिममा दशौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ ।पुर्वी पहाडी जिल्लाको उत्कृष्ट प्रतियोगिता मानिएको फाल्गुनन्द गोल्ड कप आगामी पौष ३० सम्म सञ्चालन हुनेछ ।

   आज भएको  उद्घाटन खेलमा झापा–११ ले कर्णसिं सोनाम मेमोरियल क्लब ताप्लेजुङलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। खेल सुरू भएको सातौं मिनेटमा ताप्लेजुङले १ गोल  गरी खेलमा अग्रता लिएको थियो। पहिलो हाफको ३५ औं मिनेटमा झापा ले गोल  गर्दै खेललाई बराबरी गरेको थियो। त्यस्तै दोस्रो हाफमा झापाले २ गोल  गर्दै जित हासिल गरेको छ। भोलि हुने दोस्रो खेल आयोजक फिदिम स्पोर्टिङ्ग क्लब र मोरङ११ बिच हुने आयोजकले जनाएको छ।  स्थानीय फिदिम उच्च माविको खेल मैदानमा यी दुई टोलीको प्रतिस्पर्धा दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जानएको छ ।

       फिदिम स्पोर्टिङ क्लब र  पाँचथर जिल्ला फुटबल संघसँगको संयुक्त आयोजनामा भएको फुटवल प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख रुपैयाँ पाउनेछ । यस्तै विधागततर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, उदीयमान खेलाडी र प्रत्येक खेलको म्यान अफ् द म्याचलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । बेस्ट कोच र सर्वाधिक गोलकर्ताले नगद १५ हजार रुपैयाँ पाउनेछन्  ।

   प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछन् । रुस्लानको मुख्य प्रायोजन रहने प्रतियोगिताको अनुमानित लागत ५२ लाख ७२ हजार पाँच सय ८० रुपैँया रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौं, सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं, त्रिभुवन आर्मी क्लब काठमाडौं, ब्वाइज युनियन क्लब काठमाडौं, जावलाखेल युथ क्लब ललितपुर, सुनसरी–११, मोरङ–११, झापा–११, कर्णसिंह सोनाम मेमोरियल क्लब ताप्लेजुङ र आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथर गरी १० टोलीको सहभागिता रहने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति